बुधबार, भदौ २५, २०८२

गुल्मी महोत्सव, नयाँ वर्षको दिन पशुपति सर्मा सहित अन्य कलाकारहरुको धमाकेदार प्रस्तुति

शंकर प्रसाद पोख्रेल गुल्मी तम्घास ,  नयाँ वर्षको दिन गुल्मि महोत्सवमा दर्शकहरूको उल्लेखनीय सहभागिता रह्र्यो लगभग सत्र हजार बढी दर्शकको सहभागीता रहेको आयोजकले बताएको छ ।नयाँ वर्षको दिन चौथो गुल्मी महोत्सवको सातौं दिनमा महोत्सवमा ख्याति प्राप्त चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा, शान्ताश्री परियार, पुरुषेत्तम भण्डारी, गणेश अधिकार, सन्तु थपा, सुरेश श्रीप्रसाद थापा, अस्मिता जिएम, लक्ष्मण खड्का लगायतका कलाकारहरुको आ आफ्नो प्रस्तुती गरेका थिए।

 

नयाँ वर्षको दिन बिदाको दिन भएकाले दर्शकको निकै चहलपहल थियो । गुल्मी महोसत्वको सातौंदिनसम्म आउदा अहिलेसम्मकै धेरै दर्शकहरु आएका थिए । दर्शकको धेरैले संख्याले गर्दा  महोत्सवमा निकै भिडभाड थियो। ब्यबस्थापन पक्ष र सुरक्षाकर्मिलाइ भिड नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो।

 

‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमाआधारित व्यापारको विकास’ भन्ने नाराका साथ सुरु भएको महोत्सव बैशाख ४ गतेसम्म चल्ने छ । महोसत्वको आठौं दिन बैशाख २ गते गायिका रचना रिमाल, खुमन अधिकारी, टिकाराम पोखरेल, शान्तारानी परियार, बिष्णु सिंजाली, सूर्य रेगामी लक्ष्मण खड्का, लगायतको प्रस्तुति रहने आयोजकले बताएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?