शुक्रबार, चैत्र १६, २०८०

एकीकृत समाजवादीद्वारा गुल्मीका १० पालिकाहरुमा उम्मेदवार सिफारिस

गुल्मी।
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राजनितिक दलहरु स्थानीय तहका विभिन्न पदमा उम्मेदवारको नामावली सिफारिस गर्ने तथा त्यसलाई अन्तिम रुप दिने कसरतमा जुटेका छन्।

जस अन्तर्गत नेकपा एमालेबाट विभाजित भई बनेको पार्टी नेकपा एकीकृत समाजवादीले पनि गुल्मीका विभिन्न स्थानीय तहका नगर प्रमुख ,उपप्रमुख र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका लागि उम्मेदवार सिफारिस गरेको छ।

गुल्मीमा दुई नगरपालिका र १० गाउँपालिका गरि १२ स्थानीय तहमा ९३वटा वडाहरु रहेका छन्।

नेकपा एकीकृत समाजवादीले गुल्मीका सवै स्थानीय तहमा आफ्नो संगठन विस्तार भैसकेकाले सकृय र निष्पक्ष तथा जनताका माग र आवश्यकता वमोजिम निर्वाचन प्रकृयामा सिङ्गो पार्टी पङ्ति केन्द्रित भएको पार्टीका जिल्ला कमिटी अध्यक्ष नरेश कुमार भण्डारीले बताउनु भयो।

नेकपा एकीकृत समाजवादीले गत ७४ सालको निर्वाचनमा तत्कालिन नेकपा एमालेले विजय हासिल गरेको स्थानीय तहमा विशेष दावी गर्दै आएको छ।
पार्टीका जिल्ला अध्यक्ष भण्डारी का अनुसार गुल्मीका अधिकांश स्थानीय तहमा समाजवादी पार्टी प्रति जनताको आकर्षण बढ्दो अवस्थामा छ,यसले पार्टीमा उत्साह छाएकाले आफ्नो पार्टीका उम्मेदवार हरुको विजय सुनिश्चित छ,उसो त गठवन्धन को साथ त हामीलाई छदै छू,उहाँले भनु भयो।

यद्यपि अहिले सिफारिस गरिए पनि ५ दलीय गठवन्धन भित्र छलफल मार्फत अन्तिम रुप दिईने उहाँको भनाइ छ।

नेकपा एकीकृत समाजवादीले संविधानको रक्षा र छत्रकोट गाउँपालिकाको समृद्धिका लागि भन्दै कमरेड हिमाल थापालाई गाउँपालिका अध्यक्ष तथा भावना भण्डारीलाई उपाध्यक्षमा सिफारिस गरेको छ।

छत्रकोट गाउँपालिकामा गत ७४को निर्वाचनमा नेकपा एमालेले गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष सहित ६वटा वडा मध्ये ४ वटा वडामा विजय हाँसिल गरेको थियो।अहिले पनि छत्रकोट गाउँपालिका नेकपा एमालेको पकट क्षेत्रकै रुपमा कायम रहेको छ।यद्यपि नेपाली काङ्ग्रेस ,माओवादी,रा।ज।मो सहित को गठवन्धन भित्र विश्वास घात र आन्तरिक षड्यन्त्र नभएको अवस्थामा भने आउँदो निर्वाचनमा नेकपा एमालेलाई छत्रकोटमा चुनौती सावित हुने आंकलन गर्न सकिन्छ।

उता मदाने गाउँपालिकामा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा विक्रम जि.एम र आसा झाँक्री ,धुर्कोट गाउँपालिकामा जिल्ला कमिटी का अध्यक्ष समेत रहनु भएका नरेस कुमार भण्डारीलाई गाउँपालिका अध्यक्षमा सिफारिस गरेको छ।उपाध्यक्षमा प्रेमकला खनाल सिफारिस हुनु भएको छ।

यस्तै मालिका गाउँपालिकामा समीर गौतम र उर्मिला घर्ती,ईस्मा गाउँपालिकामा मदन विष्ट र कमला वराल अध्यक्ष तथा उपाध्यक्षमा सिफारिस हुनु भएको छ।जिल्लामा रहेका २ नगरपालिका रेसुङ्गा र मुसिकोटमा पनि समाजवादीले नगर प्रमुख सहित नगर उपप्रमुखमामा उम्मेदवार सिफारिस गरेको छ।

रेसुङ्गा नगरपालिकाको नगर प्रमुखका लागि गणेश वि.क र मुसिकोट नगर प्रमुखका लागि श्रीराम महतलाई सिफारिस गरिएको समाजवादी गुल्मीले बताएको छ।मुसिकोट नगरपालिकामा नगर उपप्रमुखमा सावित्रा भण्डारी सिफारिस हुनु भएको छ।

साथै गुल्मीदरबार गाउँपालिकामा नगेन्द्र किरण ठकुरी ,रुरु क्षेत्र गाउँपालिकामा राम जि ज्ञवाली र काली गण्डकी गाउँपालिकामा झवि पाण्डेलाई सिफारिस गरिएको छ।

नेकपा एकीकृत समाजवादीले गुल्मीको चन्द्रकोट र सत्यवति गाउँपालिका बाहेका अन्य १० पालिकाहरुमा उम्मेदवार सिफारिस गरेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal