बुधबार, भदौ २५, २०८२

गुल्मिको कालीगण्डकीमा राष्ट्रिय जनमोर्चाको चुनावि सभा सम्पन्न

 

शंकर प्रसाद पोख्रेल, गुल्मी तम्घास , राष्ट्रिय जनमोर्चा कालीगण्डकीको आयोजनामा कालीगण्डकीको केद्र पुर्तिघाटमा राष्ट्रिय जनमोर्चाले बृहत चुनावी सभा सम्पन्न गरेको छ।

कार्यक्रमको प्रमुख अथिती बाट वोल्दै राष्ट्रिय जनमोर्चाकि केन्द्रिय उपाध्यक्ष तथा संघिय सांसद दुर्गा पौडेलले अजैपनी देशमा प्रतिगमनको खतरा रहेको औंल्याउदै त्यसलाइ रोक्नको लागि गठबन्धन आबस्यक रहेको बताउनुभयो।देशको आर्थिक स्थिले संघीयता धान्न न सक्ने भन्दै तत्काल संघीयता खारेज गर्नुपर्ने धारणा राख्दै देश र जनताको पक्षमा संघर्ष गर्ने पाटी राष्ट्रिय जनमोर्चा भएकोले सबैले राष्ट्रिय जनमोर्चालाई रोज्नुपर्ने बताउनुभयो।त्यसैगरी विशेष अथितिको रूपमा बोल्दै राष्ट्रिय जनमोर्चाका नेता तथा राष्ट्रिय सभा सांसद तुल प्रसाद बिस्वकर्मा (राजेस बिक ) ले नेपाली जनताहरुले कुन राजनीतिक दल सहि हो र कुन राजनीतिक दल गलत हो छुट्टाउनु पर्ने बेला आएको बताउदै राजनीति रूपमा नेपाली जनताहरुको चेतना स्तर माथी उठ्नु पर्ने बताउनुभयो।
चुनावी सभामा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राम कुमार क्षेत्री तारा थापा,जिल्ला अध्यक्ष जीवन राना,जिल्ला सचिब छविलाल सर्तुङ्गी,नेकपा मसालका जिल्ला प्रबक्ता ओम कुंवर,जिल्ला नेता टेक बहादुर केसि गुमान सिंह पुन  लगायतले मन्तव्य राख्नुभएको थियो।

कार्यक्रमको संचालन घनास्याम ढकाल गर्नुभएको थियो भने राजमो कालीगण्डकीका अध्यक्ष गंगा केसिको अध्यक्षता रहेको थियो चुनावी सभाको बिचबिचमा रक्तिमका कलाकार हरुले गित र निर्त्य प्रस्तुत गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?