आइतवार, अशोज ९, २०७९

प्युठानको सरुमारानीमा गठबन्धन दलहरु बिच भयो सिट बाडफाड

प्युठान। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सरुमारानी गाउँपालिकामा सत्तासाझेदार तीन दलले चुनावी तालमेल मिलाएका छन ।
नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजबादीबीच तालमेल भएको हो । आईतबार राती उनिहरुले पदको भागवण्डा समेत गरेका छन्।
सहमति अनुसार अध्यक्षमा नेपाली काङ्ग्रेस र उपाध्यक्षमा माओबादी केन्द्रले पाउने छ ।

पालिकाको ४ वटा वडा माओबादिलाई, १ वटा वडा काङ्ग्रेसलाई र १ वटा वडा समाजबादीलाई दिने गरि सहमति भएको वक्तव्य सार्वजनिक गरेकाछन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?