आइतवार, अशोज ९, २०७९

बागलुङको बरेङमा राष्ट्रिय जनमोर्चाले राजनैतिक गतिबिधि तिब्र पार्यो

दिपेन्द्र परियार  बागलुङ ,
नजिकिदै गरेको स्थानिय निर्बाचनलाई लक्षित गरेर राष्ट्रिय जनमोर्चाले आफना गतिबिधि बढाएको हो ।
आज जनमोर्चाले बरेङ गाँउपालिका वडा न २ हुग्दिसिरका बिभिन्न टोलमा निर्बाचन परिचालन ,प्रचार प्रसार तथा स्वमं सेवक समिति गठन गरेको छ ।हुग्दिसिरको साबिक वडा न ५ मा जनमोर्चाले ईन्द्र बहादुर थापाको संयोजकत्वमा ५१ सदस्यिय टोल स्तरिय निर्बाचन प्रचार प्रसार समिति गठन गरेको छ ।त्यस्तै २१ सदस्यीय स्वमंसेवक समिति गठन गरेको छ । त्यस्तै साबिकको वडा न ८ मा नरबहादुर काउचाको संयोजकत्वमा २१ सदस्यीय निर्बाचन प्रचार प्रसार समिति गठन गरेको छ ।
कार्यक्रममा बोल्दै बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बरेङको चौतर्फी बिकास गर्दै सम्मृद्ध बरेङ निर्माणका लागी राष्ट्रिय जनमोर्चाको बिकल्प नरहेको बताउनु भयो । सिमित स्वार्थका लागी केहि नेताहरुले नागरिकको जनजिबन सँग प्रतक्ष जोडिएका योजनाहरुमा भाँजो हालिरहेको बताउदै त्यस्ता ब्यक्तिहरु र पार्टिहरुलाई आउने निर्बाचनमा धुलो चटाउन गिलास चिन्ह खोजी खोजी भोट हाल्न नागरिकलाई अपील गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?