बुधबार, भदौ २५, २०८२

बागलुङको कुस्मिसेरामा राष्ट्रिय जनमोर्चाको सभा सम्पन्न

तिलक थापा बागलुङ

राष्ट्रिय जनमोर्चाका नेता तथा राष्ट्रिय सभाका सदस्य राजेश बिकले गणतन्त्रको रक्षाका लागि ५ दलिय गठवन्धन आवश्यक रहेको बताउनु भएको छ ।
राष्ट्रिय जनमोर्चा जैमिनी नगरपालिकाले २०७९ बैशाख ६ गते कुश्मिशेरामा आयोजना गरेको बृहत सभालाई सम्वोधन गर्दै बिकले केपि ओली नेतृत्वले पटकपटक प्रतिनिधी सभा बिघटन गरेर गणतन्त्रलाई सिद्धाउने प्रयास गरेकाले ५ दलिय गठवन्धन आवश्यक रहेको बताउनु भएको हो ।
उहाँले अझैपनि प्रतिगमनका बिरुद्ध संघर्ष गर्नुपर्ने आवश्यकता देखिएकाले आगामि निर्वाचनमा पनि ५ दलिय गठवन्धन आवश्यक रहेको उल्लेख गर्दै जनमतको आधारमा छिट्टै नै सहमतिले सार्थकता पाउने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका जिल्ला नेताहरुले जैमिनीलाई केन्द्रमा राखेर मात्र बार्ता सम्भव हुने उल्लेख गर्दै जैमिनी नगरपालिका जनमोर्चाले पाएको खण्डमा सहमति हुने र नपाएमा एक्लै चुनावमा जाने बताएका थिए ।
गत निर्वाचनमा केहि प्राविधीक समस्याका कारण चुनाव हार्नुपरेको भएपनि जैमिनीमा प्रमुख शक्ति राष्ट्रिय जनमोर्चा भएकाले राष्ट्रिय जनमोर्चाले जैमिनी छोडेर जानु परेको खण्डमा गठवन्धनले सार्थकता नपाउने बताएका थिए ।
कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका पूर्व केन्द्रिय सचिव कृष्ण अधिकारी, बागलुङ जिल्ला अध्यक्ष अमर थापा, सचिव भिमलाल पोखरेल र अखिल नेपाल जनजाती सम्मेलनमा पूर्व सल्लाहकार नरबहादुर पुनले मंतव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम राष्ट्रिय जनमोर्चा जैमिनी नगरका अध्यक्ष डिलबहादुर श्रीसको अध्यक्षता सदस्य चन्द्रबहादुर केसीको स्वागत र सचिव ठाकुरप्रसाद शर्मा आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?