शनिबार, साउन १२, २०८१

अखिल नेपाल युवक संघ बागलुङको ११अाैं जिल्ला सम्मेलन बैशाख २४ र २५ गते हुने ।

तिलक थापा
अखिल नेपाल युवक संघ बागलुङको बैठक ०७७ फागुन २७ र २८ गते जिल्ला अध्यक्ष जुन बिक्रम शाहीकाे अध्यक्षतामा बुर्तिबाङ बजारमा सम्पन्न भएकाे छ । बैठकले ०७८ बैशाख २४ र २५ गते ११ अाैं जिल्ला सम्मेलन गलकाेटमा गर्ने निर्णय गरेकाे छ । जिल्ला बैठकले ०७७ चैत्र मसान्त सम्म बागलुङ जिल्लाका ८५ वटै वडामा वडा भेला र ०७८ बैशाख १० गते भित्र पालिका स्तरीय भेला गर्ने मिति तय गरेकाे छ । ११ अाैं जिल्ला सम्मेलन सफल पार्न जुन बिक्रम शाहीकाे संयाेजकत्वमा कृष्णराज शर्मा सञ्जाल, बिरेन्द्र थापा, अनिल गिरी, देबेन्द्र थापा, दुर्गा थापा, भिषम छन्त्याल, पितम्बर सापकोटा र मनिष कडेल सदस्य रहेकाे ९ सदस्यीय सम्मेलन मुल व्यवस्थापन समिति र बिभिन्न उपसमिति निर्माण गर्नुका साथै सम्मेलनलाई सफल पारिदिन हुन सम्पूर्ण जिल्लाबासीहरुमा अनुरोध गरेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal