आइतवार, अशोज ९, २०७९

चट्याङ पर्दा झन्डै दर्जन घाइते, खेतिबालि नस्ट

प्युठान, जुमान सिंह के सी गौमुखी गाउँपालिकामा मंगलबार हावाहुरि सहितकोअसिना पानी पर्दा खेतीबालिमा नस्ट गरेको छ। भीषण असिनापानीको साथै चट्याङ पर्दा गौमुखी गाउँपालिका -५ सुन्दरमेलाका दश जना घाइते भएका छ्न। उनिहरुको अवस्था सामान्य रहेको स्थानीय समाजसेवि वरुनधोज मल्लले जानकारी दिनु भएको छ। केही पशु चौपयहरु पनि चट्याङले गर्दा मृत्यु भएको मल्लले बताउनु भयो। गाउँका किसानको मुख्य आयस्रोत कृषि पेसा हो तर प्राकृतिक बिपत्तिले गर्दा किसान मारमा परेको स्थानीयले बताएका छ्न। गौमुखी गाउँपालिकाका पुजा, खुङ, अर्खा, रजवारा लगाएतका ठाउँमा ठूलो असिन पानी पर्दा मकै, गहु, तरकारी लगाएतका अन्नबाली नस्ट भएको छ। पुजाका लोक बहादुर खत्रीले किसानको मिहेनत खेरा गयो हामी कसरी परिवारको दैनिकी गुजारा गर्ने हामी जताबाट पनि थिचोमिचोमा परिरहेको गुनासो गर्नु भएको छ। किसानको लागि बाली बिमा स्थानीय सरकार तथा सम्बन्धित सरोकारवाला निकायले ध्यान दिन जरुरी देखिन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?