बुधबार, भदौ २५, २०८२

मल्लरानी प्युठानमा राजमो र काङ्ग्रेस बिच भयो गठबन्धन

प्युठान १२ बैशाख ।
प्युठानको मल्लरानी गाउँपालिकामा राजमो र नेपाली काङ्ग्रेस बिच चुनावी तालमेल भएको छ। आज बिहान दुबै दलले गठबन्दन गर्ने सहमति गरेका हुन।

स्थानीय तहको निर्वाचनका लागि मल्लरानी गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट राष्टिय जनमोर्चाका जिल्ला अध्यक्ष कृष्ण खड्काले उम्मेदवारी दिनुभएको छ एमालेबाट शिवराज श्रेष्ठले दिनु भएको छ।

उपाध्यक्षमा एमालेबाट इश्वरा आचार्य र गठबन्धनबाट नेपाली कांग्रेसका रमेश कुमार श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।

एमालेबाट १ नं. वडामा खुमानसिंह राहुँ, २ नं. वडामा रामु पौडेल, ३ नं. वडामा नोमराज पौडेल, ४ नं. वडामा गोपाल प्रसाद नकर्मी र ५ नं. वडामा रामबहादुर थापाले वडा अध्यक्षका लागि उम्मेदवारी दिनु भएको छ ।

गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका १ ंनं. वडामा चिन्त बहादुर राहुँ, २ नं. वडामा लेखबहादुर थापा , ३ नं. वडामा शिव पौडेल र नेपाली कांग्रेसका ४ नं. वडामा कुमार श्रेष्ठ र ५ नं. वडामा गोपाल थापाले मनोनयन दर्ता गराउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी पार्टी)बाट १ नंं वडामा झविलाल राहुँले उम्मेदवारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?