बुधबार, भदौ २५, २०८२

गौमुखीमा राष्ट्रिय जनमोर्चा बाट अध्यक्षमा ज्ञामुराम न्यौपाने, उपाध्यक्षमा तारा पुरिको मनोनयन दर्ता

 

गौमुखिमा गाउँपालिकामा राष्ट्रीय जनमोर्चाले एकल उम्मेदवारी दर्ता गराएको छ।
गठबन्दन दल नेपाली काङ्ग्रेस र एकीकृत माओवादी केन्द्रले दुई दलिय गठबन्दन गरे पछि जनमोर्चाले एकल रुपमा उम्मेद्बारी दिएको हो।

राष्ट्रीय जनमोर्चाबाट ज्ञामुराम न्यौपानेले र
उपाध्यक्षमा तारा पुरीले मनोनयन दर्ता गराएका छन ।
ज्ञामुराम न्यौपाने सबै उमेदवार भन्दा अबल र अनुभवी तथा बिकास प्रेमी भएकोले जित निश्चित रहेको राजमो गौमुखीले जनाएको छ। लामो समय आम जनाताको हरेक दुखसुखमा साथ दिएकोले पनि न्यौपानेलाई जनताको साथ रहने अनुमान गरिएको छ।
राष्ट्रीय जनमोर्चाबाट वडा अध्यक्षमा १ नं. मा पूनम टोमता , २ नंं मा अमर राना बिटालु, ३ नं.मा ज्ञान बहादुर बि क, ४ नं. मा कृष्ण प्रसाद जैसी , ५ नं. मा बरुणध्वज मल्ल, ६ नं. मा ओम बहादुर बोहोरा, ७ नम्वरमा हुकुम बहादुर थापाको मनोनयन परेको छ।
गौमुखीमा नेकपा एमालेले पनि एकल रुपमा उम्मेद्बारी दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?