बुधबार, भदौ २५, २०८२

झिमरुक गाउँपालिकामा अध्यक्षमा टीका जि सी उपाध्यक्षमा प्रमोद पोख्रेल

प्युठानको झिमरूक गाउँपालिकामा राष्ट्रिय जनमाेर्चा र नेपाली काँग्रेसकाे गठबन्धन बाट अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता भएकाे छ।

अध्यक्षमा जनमाेर्चाबाट टीका जिसी र उपाध्यक्षमा काँग्रेसबाट प्रमाेद पाेखरेलले उम्मेदवारी दर्ता गराएका हुन्।

नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका छन्।

सत्ता गठबन्धबाट झिमरुकमा माओवादी केन्द्र बाहिरिएसँगै यी दुई पार्टीबीच गठबन्धन भएकाे हाे।
र्राष्ट्रिय जनमोर्चाबाट ५ वटा वाड्को नेतृत्व र नेपाली कांग्रेसबाट ३ वटा वार्ड को नेतृत्व पाउने गरि सहमति भएको हो।
र्राष्ट्रिय जनमोर्चा झिमरुकमा बलियो शक्ति भएकोले पनि गठबन्धनको जित हुने राजमो झिमरुकले बताएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?