सोमवार, जेष्ठ ९, २०७९

बर्गिय मुक्ती विना वास्तविक मजदुरहरुका समस्या हल हुदैनन : चित्र बहादुर केसी

 

शंकर प्रसाद पोख्रेल बुटवल, रुपन्देही,

राष्ट्रिय जनमोर्चाको भार्ती संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक ) आयोजनामा बुटवलको पाटी कार्यलयमा १३३ मे दिवस मनाइएको छ।

मे दिवस कार्यक्रमको प्रमुख अथिती बाट बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसिले मजदुर बर्गको हक र हितको लागि बर्ग संघर्स आवश्यक रहेको बताउनुभयो ,संसारभरिका मजदुरको पक्षमा माक्र्स र लेनिनको नेतृत्वमा आन्दोलन भएकोको कारण मजदुर हरुलाइ केही राहत मिलेको भएता पनि मजदुरहरु पुरै आफ्नो हक र हितको लागि बर्ग संघर्ष आवश्यक रहेको बताउनुभयो फरक प्रसंगमा बोल्दै केसिले अहिले प्रतिगमन विरुद्ध एक हुने भनेर पांच दलिय गठबन्धन बनेको बताउदै ,प्युठान केही स्थान र अन्य ठाउमा माओवादी केन्द्र एमाले मिलेका समाचार आउनु उनीहरुको राजनीतिक नैतिकतालाई दर्साएको बताउनुभयो।अहिलेको स्थानीय चुनावमा हाम्रा उम्मेद्बारहरु जित्नको लागि मात्र न भएर संघर्षको रुपमा हो भनेर बुझ्नुपर्ने बताउनुभयो ।कार्यक्रमको संचालान गंगा सापकोटाले गर्नुभएको थियो भने अध्यक्षता अन्टुकका केन्द्रिय अध्यक्ष लोकराज भुसालले गर्नुभएको थियो कार्यक्रमको स्वागत भासण टिकाराम पौडेल गर्नुभएको थियो भने ,अखिल छैटौंका सागर बेलबासे, राष्ट्रिय जनमोर्चाका नेता बद्रे आलम लगायतले मे दिबस संम्बधी मन्तव्य राख्नुभएको थियो।

त्यसै गरि आजै राष्ट्रिय जनमोर्चा रुपन्देहीले बुटवलको पाटी कार्यलयमा पत्रकार सम्मेलन गरि आफ्ना धाराणा र स्थानीय चुनाव संमन्धी प्रतिबद्धता पत्र सार्बजनिक गरेको थियो ,पत्रकारहरुले सोधेका प्रस्नको उत्तर राष्ट्रिय जनमोर्चाका नेता बद्रे आलामले दिनुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?