
शंकर प्रसाद पोख्रेल प्युठान
प्युठान जिल्लाको झिमरुक गाउंपालिका यतिबेला चर्चाको सिखरमा छ,यहाँ पाच दलिय गठबन्धनको तर्फबाट कांग्रेस र राष्ट्रिय जनमोर्चा बिच चुनावी तालमेल भएको छ भने,पाँचदलिय गठबन्धनको एक सत्ता यात्री माओबादी केन्द्र आफैले प्रतिगामी घोषणा गरेको एमाले शीत चुनावी तालमेल गरेको छ।दुबै गठबन्धन हरुले चुनावी सभा देखि जनभेटघाटलाइ तिब्र पारेकाछन।
राष्ट्रिय जनमोर्चा र कांग्रेसले झिमरुकका विभिन्न ओडाहरुमा जनभेटघाट र घरदैलो अभियानलाई तिब्रता दिएकाछन,भने झिमरुकमा कांग्रेस र राष्ट्रिय जनमोर्चा समर्थक मतदाताहरुलाइ एक आपसको संम्बधलाइ मजबुत बनाउने माहोल बनाउन कांग्रेस नेताहरु रोज राणा ,राष्ट्रिय जनमोर्चाकि नेता तथा संघीय सांसद दुर्गा पौडेलले विभिन्न वडाहरुमा संयुक्त चुनावी सभा गर्दै आपसी बिश्वास बढाइरहेकाछन। कांग्रेस प्युठान क्षेत्र नं २का सभापती रोज राणाले झिमरुक पोस्टलाइ भन्नुभयो कांग्रेस बिपिको पाटी भएकोले ईमानदार रुपमा एक भोटपनि क्रस नगरी टीका जिसिलाइ मतदान गर्नेछन माथी बाट सेर बहादुर देउवाकोपनि निर्देशन पनि त्यही छ भन्नुभयो। उहाँले झिमरुकमा राष्ट्रिय जनमोर्चा र कांग्रेसले चुनाव जितिसकेको बताउदै आधिकारिकताको लागि हामी तीस गतेलाइ पर्खेकाछौं झिमरुक बासी जनताहरुले कांग्रेस जनमोर्चाको गठबन्धनलाई मतदान गर्नेछन उहाँको तर्क थियो ,अर्का कांग्रेस केन्द्रिय सदस्य डाक्टर गोबिन्दराज पोख्रेलले झिमरुकको बिकासको जनमोर्चा कांग्रेसको गठबन्धनलाई मतदान गर्नुपर्ने बताउनुभयो उहाँले झिमरुक सात तुसारामा संयुक्त गठबन्धनका कार्यकर्तालाई संबोधन गर्दै कांग्रेसहरु ईमानदार हुन्छन कसैलाई बिश्वासघात गर्दैनन एकभोट पनि गठबन्धन भन्दा बाहिर न जानुपर्ने तर्क पेस गर्नुभयो, कांग्रेस नेता दोय रोज राणा र डाक्टर गोबिन्दराज पोख्रेलले यहिलेको गठबन्धन प्रतिगमनको विरुद्ध भएको भन्दै माओबादी केन्द्रले झिमरुकमा प्रतिगामिहरुसित घाँटी जोडेको भन्दै दु:ख व्यक्त गरेका थिए।उनीहरुको राजनीतिक ईमानदारितामाथी प्रस्न उठाएकाथिए।
झिमरुकका विभिन्न वडाहरुमा भएका चुनावी सभालाइ संबोधन गर्दै राष्ट्रिय जनमोर्चाकि नेत्री दुर्गा पौडेलले अहिलेपनि देशमा प्रतिगामी शक्ति हाबी रहेको बताउदै झिमरुक बासिले प्रतिगमनका विरुद्ध मतदान गर्ने तर्क पेस गर्नुभयो ,उहाँले आफ्ना कार्यकर्ताहरुलाइ ईमानदार रूपमा जनमोर्चा कांग्रेसको गठबन्धनलाई भोट गर्न आग्रह समेत गर्नुभएको थियो।
गठबन्धन बाट अध्यक्ष पदका उमेदवार टीका जिसिले आफुहरु चुनाव जित्नेमा ढुक्क रहेको बताउंदै कार्यकर्ताहरुलाइ ईमानदार भएर गठबन्धनका उमेदवारहरुलाइ जिताउन अनुरोध गर्नुभएको थियो ।
त्यसै गरि गठबन्धनका तर्फबाट उपाध्यक्ष पदका उमेदवार प्रमोद पोख्रेलले झिमरुकमा भएका विभिन्न चुनावी सभालाइ संबोधन गर्दै राष्ट्रिय जनमोर्चा र कांग्रेसको गठबन्धन राष्ट्रिय आवश्यकताले बनेको बताउदै कांग्रेस झिमरुकका कार्यकर्ता र समर्थकहरुलाइ ईमानदार भएर टीका जिसि र गठबन्धनका उमेदवारहरुलाइ मतदान गर्न आव्हान गर्नुभएको थियो।
बैशाख १७ गते झिमरुक एक बाट सुरु भएको चुनावी सभा २५ गते पुन झिमरुक एकमा चुनावी सभा गरेर कांग्रेस जनमोर्चाका गठबन्धनका उमेदवारहरु टोल टोलमा जनताहरुसित मत माग्न घरदैलो अभियानलाई तिब्रता दिएकाछन।
चुनावी सभाहरुमा झिमरुक गाउंपालिकाका अध्यक्ष पदका उमेदवार टीका बहादुर जिसि र उपाध्यक्ष पदका उमेदवार प्रमोद पोख्रेलले झिमरुक गाउंपालिकालाइ विकास स्वास्थ सिक्षा ,कृषिमा देशकै नमुना गाउंपालिका बनाउने उद्घोष गरेकाछन ।उनिहरुले झिमरुक गाउँपालिकामा बिकासको मोडेलको लागि संयुक्त घोषणापत्र समेत जारी गरेकाछन।