
प्युठान । प्युठानको मल्लरानी गाउँपालिका वडा नं १ मा राष्ट्रिय जनमोर्चाका उम्मेदवारले अग्रता लिएका छन् ।
वडा नं १ का मतगणना जारी रहँदा राजमोको तर्फबाट वडाअध्यक्षका उम्मेदवार चिन्तबहादुर राहुले अग्रता लिनुभएको हो ।
सो वडामा राजमो जितको नजिक रहेको र केही बेरमा मतपरिणाम सार्वजनिक हुने नेता बोमबहादुर खत्रीले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्षमा राजमोका कृष्णबहादुर खड्काले उम्मेदवारी दिनुभएको छ