
जुमान सिंह के सी
प्युठान ५ जेष्ठ प्युठान
मल्लरानि गाउँपालिकाको नवनिर्वाचित जनप्रतिनिधी हरूको शपथ ग्रहण तथा स्वागतसहित पदभार ग्रहण गरेका छ्न।
शुक्रबार मल्लरानी गाउँपालिकाले आयोजना गरेको एक कार्यक्रमका बिच निवर्तमान जनप्रतिनिधी हरूको विदाई समेत गरिएको छ। मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नव निर्वाचित गाउँपालिका अध्यक्ष कृष्ण ब खड्का रहनु भएको थियो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्ण खड्काले सबै निर्वचित जनप्रतिनिधि हरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो।
नवनिर्वाचित जनप्रतिनिधी हरूलाई फुलमाला र अभिरले स्वागत गर्दै मल्लरानी गाउँपालिकाले निर्माण गरेका कानुनहरु उपलब्ध गराइएको छ।
कार्यक्रममा पहिलो ५ वर्षे कार्यकालका मुख्य उपलब्धीहरूको समिक्षा विवरण सहितको पुस्तिका निवर्तमान अध्यक्ष श्री अमरध्वज राना मगरले नवनिर्वाचित अध्यक्ष श्री कृष्ण बहादुर खड्कालाई हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रममा नव निर्वाचित अध्यक्ष कृष्ण बहादुर खड्काले मल्लरानिको समग्र बिकासमा आफू र आफ्नो टिम प्रतिबद्ध भएको भन्दै सबै मिलेर अगाडि बढ्नु पर्ने बताउनु भयो। उहाँले भन्नू भयो सबै सरोकारवाला संगको सल्लाह सुझाव लिएर काम गर्ने बताउनु भयो। सबैको साथ र सहयोग हुनु पर्ने धारणा राख्नु भएको थियो।
खलंगामा भएको कार्यक्रमको अवसरमा निवर्तमान जनप्रतिनिधी हरूलार्इ मायाको चिनो प्रदान गरी विदाई समेत गरिएको थियो।
कार्यक्रममा निवर्तमान अध्यक्ष श्री अमरध्वज राना मगरले बधाई तथा सुभकामना दिदै पहिलो कार्याकालको तुलनामा अबको कार्यकाल सहज हुने बताउनु भयो कार्यक्रममा पत्रकार महासङका अध्यक्ष सन्जय रिजालले स्थानीय सरकारले नागरिकलाई सहज र सरल तरिकाले सेवा दिन प्रने बताउनु भएको थियो।
प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले जनप्रतिनिधि र कर्मचारी मिलेर जानसकेमा मल्लरानिको बिकास हुने भन्दै कर्मचारीको तर्फबाट भरपुर सहयोग रहने बताउनु भएको थियो।
कार्यक्रमको सञ्चालन गाउँपालिकाका योजना शाखा प्रमुख बन्दना शाक्यले गर्नु भएको थियो ।