बुधबार, जेष्ठ २०, २०८३

अखिल (छैठौं)को आयोजनामा भूमिकास्थानकाे ढाकावाङ्गमा बृहत साँस्कृतिक सभा हुने

टेकराज भुसाल अर्घाखाँची । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (छैठौं)को आयोजनामा भूमिकास्थानकाे ढाकावाङ्गमा बृहत साँस्कृतिक सभा हुने भएको छ। 

अखिल (छैठौं) विश्व मावि मुल इकाई समिति ढाकावाङ्गकाे आयोजनामा जेठ ३१ गते मंगलबार जेठे (भुमे) पुर्णिामाकाे अवसरमा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि कार्यक्रम आयोजना गर्ने अखिल (छैठौं) ले जनाएको छ।

अखिल (छैठौं) तथा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय स्तरका नेताहरु बाट सम्बाेधन हुने कार्यक्रममा रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय तथा जिल्ला स्तरीय कलाकारहरु बाट बेजोड साँस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal