शुक्रबार, चैत्र १६, २०८०

प्यूठानमा फरार प्रतिबादी ९ बर्षपछि पक्राउ

अनुज  पछाई , प्यूठान । प्यूठानमा सवारी ज्यान मुद्दामा फैसला कार्यान्वयनकै क्रममा फरार एक प्रतिबादी करिब ९ बर्षपछि प्रक्राउ परेका छन । प्यूठान नगरपालिका वडा नं.१० हाडीगैराका ३३ बर्षिया बिस्णु बहादुर जिसीलाई मङगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रबक्ता शुशिल थापाले बताएका छन । जिल्ला अदालतले २०६९ फागुन १७ गते जिसीलाई ८ दिनको कैद सजाय तोकिएकोमा जिसी फरार रहेका थिए । मङगलबार जिल्ला प्रहरी कार्यालय प्यूठानबाट खटिएको प्रहरी टोलिले प्रतिबादी जिसीलाई आफ्नै घरमा लुकिछिपी बसेको अबस्थामा प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । प्रतिबादी जिसीलाई मङगलबार नै जिल्ला अदालत प्यूठानमा पेश गरेकोमा कैद भुक्तानको लागी जिल्ला कारागार प्यूठानमा चलान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal