आइतवार, अशोज ९, २०७९

प्युठान जिल्ला अदालतमा लक्ष्य भन्दा बढी मुद्दा फर्छ्यौट, लुम्बिनी प्रदेशमै पहिलो

जुमान सिंह के सी
३१ असार,प्युठान ।
प्युठान जिल्ला अदालतले बार्षिक लक्ष्य भन्दा बढी मुद्दा पर्छ्यौट गरी चालु आ व ०७८/०७९ मा लुम्बिनी प्रदेशको पहिलो बन्न सफल भएको छ।

बार्षिक कार्यप्रगति प्रस्तुत गर्दै स्रेस्तेदार बिरेन्द्रप्रकाश खड्काले मुद्दा संख्या अनुसार फर्छ्यौट प्रतिशतका आधारमा लुम्बिनी प्रदेशमै पहिलो र देशकै रुपमा नमुना भएको बताउनु भएको छ।
चालु आर्थिक वर्षको असार मसान्तसम्म ३२६ थान मुद्दा फर्छ्यौट लक्ष्य राखेकोमा ४७८ मुद्दा फर्छ्यौट गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ। यो लक्ष्यभन्दा १५२ थान बढी हो ।
‘गत वर्षका सरी आएका १३८ र चालु आवमा दर्ता भएका ४६६ थान गरी कूल ६०२ मुद्दा संख्या रहेकामा यश वर्ष ४७८ फर्छ्यौट भई ७९.४० प्रतिशत मुद्दा फर्छ्योट भएको स्रेस्तेदार बिरेन्द्र प्रकाश खड्काले बताउनु भयो।
पत्रकारहरुलाई जानकारी गराउदै खड्काले मुद्दाको प्रकृतिका आधारमा फरक मुद्दाको फरक ब्यवस्थापन(DCM)लाई पुर्ण रुपमा लागु गरी मुद्दाको कार्यतालिकालाई अनुशरण गरीएको मुद्दा ब्यवस्थापन मुद्दाको अंग पुर्‍याउने कार्यलाई तिब्रता दिईएकोले, सरोकारवाला निकायको सहयोगले बार्षिक कार्ययोजना अनुसार कार्य गरेकोले लक्ष्य भन्दा धेरै प्रगति हासिल गर्न सफल भएको बताउनु भएको छ।

प्युठान जिल्ला अदालतमा १ बर्ष नाघेका मुद्दा बाँकी नभएको उल्लेख गर्दै जिल्ला न्यायाधीश श्यामलाल घिमिरेले फरक मुद्दाको फरक ब्यबस्थापन पद्धति लागु गरिएको बताउनु भयो ” उहाले एक वर्ष नाघेका कुनै मुद्दा हेर्न बाकी छैन” सबै टुंगो लगाई सकेका छौं । अदालतमा सम्बन्ध बिच्छेद,यौन जन्री कसुर,बहु बिबाह,ज्यान सम्बन्धि कसुर,घरेलु हिंसा, बालबालिका प्रतिबादी भएको मुद्दा अंश मुद्दा आउने गरेपनी सबैभन्दा धेरै सम्बन्ध बिच्छेदका मुद्दा दर्ता हुने गरेको जिल्ला न्यायाधीश घिमिरेले बताउनु भयो।

अदालतले न्यायमा पहुँच नपुगेका आर्थिक तथा अन्य हिसाबले बिपन्नहरुका लागि जिल्ला कानुनी सहायता समिति र बैतनिक वकिल मार्फत निशुल्क सेवा दिदै आएको र कुनै शुल्क नलाग्ने जिल्ला अदालतले जनाएको छ। मुद्दाको प्रकृति अनुसार मेलमिलाप कर्ता मार्फत छलफल गराउन मेलमिलाप केन्द्रमा पठाईएका १०२ मुद्दामा ४० थान मुद्दा मेलमिलाप केन्द्रबाट सफल भई ३९. २१ प्रतिशत मुद्दामा मेलमिलापको माध्यमबाट टुंगो लगाईएकोले मेलमिलापबाट टुंगिने मुद्दाको संख्या सन्तोषजनक समेत भएको अदालतले जानकारी गराएको छ।

जिल्ला अदालत प्युठानले समुदाय स्तरमा न्याय पहुँचका लागि कानुनी सचेतनाका कार्यक्रम न्यायमा बाह्य पहुच न्यायधीश भेटघाट कार्यक्रम समेत संचालन गरेको जिल्ला न्यायाधीश श्यामलाल घिमिरेले बताउनु भयो। उहाँले एस्ता कार्यक्रममा स्थानीय सरकारले ध्यान दिन सकेमा जनता सु सुचित हुने बताउनु भयो।

एक प्रसङ्गमा जिल्ला न्यायाधीश श्यामलाल घिमिरेले हरेक मुद्दा मिसिलमा जे देखिन्छ सोही बोमोजिम काम गरिरहेको र तेसरीनैकाम गर्ने प्रतिबद्धता जनाउनु भएको थियो। कहिले काहीँ बाहिर गलत सन्देश जाने र लैजाने गरेको प्रती उहाले कुनै सत्यता नरहेको बताउनु भयो ।
पत्रकारहरुको जिज्ञासामा घिमिरेले भित्र पैसा लाग्ने भन्दै पैसा असुली गरेको भन्ने कताकता सुन्ने गरेको भन्दै रसिद काट्ने बाहेक अन्य कुनै शुल्क लिन नमिल्ने उहाँको भनाई रहेको थियो, यदि कसैले विभिन्न बहानामा रकम लिन खोजेमा अदालतमा जानकारी गराउन आग्रह गर्नु भएको छ । अदालतको गरिमा जनआस्थालाई बचाउन सत्यतामा रहेर न्याय दिलाउनमा सबैको साथ सहयोग आवस्यक रहेको उल्लेख गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?