
खिमराज चालीसे,
चंडिगढ,
“गणतन्त्र र राष्ट्रियता को रक्षा गरौ, भारत स्थित प्रवासी नेपालीहरु को मताधिकार तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौ” भन्ने मूल नारा को साथ भारत व्यापी प्रगतिशिल तिजी कार्यक्रम हरु सम्पन्न भई रहेको सन्दर्भमा हिमांचलका विभिन्न स्थानमा मूलप्रवाह ले तिजी कार्यक्रमहरु सम्पन्न गरेको छ।
सोलन- मूलप्रवाह अखिल भारत नेपाली एकता समाज हिमांचल राज्य समिति द्धारा संचालित सोलन नगर समिति को आयोजना मा प्रगतिशिल तिजी कार्यक्रम सम्पन्न गरिएको छ। यहा रतन बहादुर केसि को अध्यक्षता मा तथा भुवन केसीको संचालनमा सम्पन्न कार्यक्रमको उदघाटन मूलप्रवाह का केन्द्रीय सदस्य तथा राज्य समिति का अध्यक्ष सोवाखर पंथले व्यानर खोलेर गर्नु भएको थियो।
रामपुर – यसैगरि मूलप्रवाह रामपुर नगर समिति अन्तर्गत विभिन्न स्थानमा तिजी कार्यक्रमहरु सम्पन्न भएका छन जस अनुसार ज्युरीक एरियामा बिमला शाहिको अध्यक्षता मा तथा कृष्ण क्षेत्रिको संचालनमा सम्पन्न भएको थियो, यसैगरि दत्ता नगर एरिया मा रिनादेवी को अध्यक्षता मा तथा विकास खत्रीको संचालन मा संचालनमा सम्पन्न कार्यक्रममा नगरका चिन्ता बहादुर पुनको सम्वोधन गर्नु भएको थियो भने ठानेदार हरिकला देवीको अध्यक्षता मा तथा सोहनलाल को संचालनमा सम्पन्न कार्यक्रममा
नगर समिति का सितारामले सम्वोधन गर्नु भएको थियो ।
भावानगर- मूलप्रवाह भावानगरको आयोजनामा सम्पन्न प्रगतिशिल तिजी कार्यक्रम किरन दाहालको अध्यक्षता मा तथा बिरु श्रेष्ठको संचालनमा सम्पन्न भएको छ ।
मनाली- मूलप्रवाह मनाली नगर समिति को आयोजना मा सम्पन्न भव्य कार्यक्रम नगर अध्यक्ष साइला लामाको अध्यक्षता मा तथा नगर सचिव तुलबहादुर बुढा मगरको संचालन मा सम्पन्न भएको थियो भने रिकान्पियोमा पनि गोपाल जंग शाहिको अध्यक्षता मा तथा मिथुन सिंहको संचालनमा मूलप्रवाह को प्रगतिशिल तिजी कार्यक्रम सम्पन्न भएको छ यहा एसडिएम कल्पालाइ नेपाली हरुका समस्याहरू बारे अवगत गराउदै समस्याहरू निवारणको ठोस निर्णय गरियोस भनि ज्ञापन पत्र सम्म बुझाईएको जानकारी राज्य समिति का सचिव भुवन केसीले दिनु भएको छ। यसैगरि मूलप्रवाह भुल्तर नगर समितिको आयोजनामा सम्पन्न कार्यक्रम कनैयालाल चौधरीको अध्यक्षता मा तथा विशाल को संचालन मा सम्पन्न भएको छ यहा मूलप्रवाह नगरका दिनेश कुमार ले सम्वोधन गर्नु भएको हो।