शुक्रबार, चैत्र १६, २०८०

सुनगाभा रम्फैको सातौ बार्षिकउत्सव र दशै मेला असोज १० गते देखि सुरु हुने

गुल्मी कालीगण्डकी

झिमरुकपोस्ट संवाददाता
खेलकुद र समाज बिकाशमा युवा सहभागिता अनुशासन,आपसि मिलाप र स्वच्छ प्रतिस्पर्धा आजको आबश्यक्ता।। भन्ने नाराको साथ सन्चालित श्री सुनगाभा युवा परिवार कालिगन्डकी गाउँपालिका ६ खड्गकोट रम्फै गुल्मीको सातौ बार्षिकउत्सव एबं  दशै मेला-२०७९ यहि असोज १० गते देखि सुरु भई १६ गते सम्म मनाइदै छ।
साविक को वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता,खुल्ला महिला भलिवल प्रतियोगिता र नृत्य प्रतियोगिताको साथमा रक्तिम साँस्कृतिक अभियानका केन्द्रिय कलाकारहरुको बेजोड प्रस्तुतिका साथ कार्यक्रमको अन्तिम दिन घर त मेरो गुल्मीको रम्फैमा गीतका मोडल तथा चर्चित डान्सर मुनाल थापा मगरको बिशेष प्रस्तुति र अन्य साँस्कृतिक कार्यक्रमहरु रहने कार्यक्रमका सँयोजक टिकाराम थापा तुफानले जानकारी दिनु भएको छ।
पुरस्कार प्रायोजक ज्युहरु तथा सम्पुर्ण सहयोगिहरु प्रति हार्दिक धन्यबाद र आभार प्रकट गर्दै खेलाडी,कलाकार,पत्रकार,
राजनैतिककर्मि,सुरक्षाकर्मि लगायत सम्पुर्ण दर्शक महानुभावहरुमा उपस्थितिको लागि आयोजक समितिले हार्दिक निमन्त्रणा गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal