
प्रतिगमनका विरुद्ध गठबन्दन अझै आवश्यक :- महामन्त्री सिंह
२६ भाद्र २०७९, प्युठान
जुमान सिंह के सी
नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंहले प्रतिगमनको अझै खतरा रहेकोले अझै गठबंधन शशक्त बनाएर जानू पर्ने आवस्यकता रहेको औलाउनु भएको छ।
प्रगतिशिल पत्रकार संघ, नेपाल प्यूठानले आइतबार बाग्दुलामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री सिंहले देश अत्यन्तै संकटको अवस्थामा रहेको भन्दै सबै देशभक्त पार्टीहरु आफ्नो पार्टीस्वार्थ भन्दा माथी उठ्न सबैलाई आग्रह गर्नु भएको छ।
बर्तमान राष्ट्रिय राजनीतिमा नेकपा एमालेले प्रतिगमनको नेतृत्व गरिरहेकाले प्रतिगमनबाट मुलुकलाई जोगाउन ५ दलिए गठबन्धन भएको र अहिले पनि त्यसका बिरुद्ध बलियो मोर्चा आवस्यक भएको बताउनु भएको छ । उहाँले -“कम्युनिष्ट नामधारीका केही शक्तिहरुको चलखेल प्रतिगमनका पक्षमा भुमिका देखिएको छ राजाबादीहरु संग साँठगाँग हुने गरेको देखिन्छ,ऊनीहरु आन्दोलनको बलमा उपलब्ध गणतन्त्रको बिरुद्धमा लागिरहेकाछन् र त्यसको नेतृत्व एमालेले गर्दै छ । त्यसका बिरुद्ध बलियो मोर्चाको आवस्यक छ रहेको सिंहको भनाइ छ ।”
महामन्त्री सिंहले नेकपा एमालेका अध्यक्ष के पि ओली चुनावमा बहुमतमा आए देशमा प्रतिगमनहुने र हालका उपलब्धि गुम्न सक्ने खतरा रहेकोले एमालेलाई पराजित गर्नुको विकल्प नभएको उल्लेख गर्नु भएको छ ।पत्रकारको जिज्ञासामा उहाँले पाँच दलिए गठबन्धमा राजमोलाई सिट बाड्फाडमा सम्मानजनक व्यबहार तथा अपमान गरेमा आफ्नो पार्टी एक्लै चुनावमा जाने पनि उल्लेख गर्नु भएको छ साथै उहाँले एमाले संग भने तालमेल नहुने बताउनु भएको छ।उहाँले एमाले सँग कुनै हालतमा तालमेल नगर्ने बरु एक्लै चुनावमा जान्छौँ तर प्रतिगमनको नेतृत्व गरिरहेको, प्राप्त उपलब्धिलाई धोस्त गर्नमा उद्द्त एमाले सँग साँठगाठ गर्दैनौँ ।” महामन्त्री सिंहको भनाईछ । “नेपालको बामपंथि आन्दोलनको अगुवाइ आफ्नो पार्टीले गरिरहेको भन्दै पार्टी भित्र ईमानदार र पार्टी क्रान्तिमा टिक्न नसक्नेहरु भरम फैलाउदै हिड्ने गरेको बताउनु भएको छ। साथै उहाँले पत्रकारहरुको प्रश्नमा अवसरबादी, भ्रष्ट्र र अधिनायकबादी सोच भएका व्यक्तिहरु सही नीति र बिचारमा अट्न नसक्दा कम्युनिस्ट आन्दोलन कमजोदै बन्दै गएको स्वीकार गर्नु भएको छ।
आगामी मंसिरमा हुने संघीय चुनावमा संघमा प्युठान र बाग्लुङ राजमोलाई हुनु पर्ने आफ्नो माग यथाबतै रहेको उल्लेख गर्नु भएको छ दलहरु बिचमा छलफल भैरहेको भन्दै छिटो निश्कर्श आउने आशा व्यक्त गर्नु भएको छ।
पार्टी कामको शिलशिलामा गृह जिल्ला प्युठान आउनु भएका महामन्त्री सिंहले एक फरक प्रसङ्गमा आफ्नो पत्नी दुर्गा पौडेल भए पनि नेता तथा उमेदवार बनाउनमा आफ्नो कुनै भुमिका नरहेको र दुर्गाको पौडेलको पार्टी प्रतीको इमानदारीता, लगनशीलता र जिम्मेवारीताको आधारमा विधि प्रक्रिया अनुसार पार्टीले निर्णय गरेको भन्दै परिवारवाद भएको आरोपमा कुनै सत्यता नरहेको बताउनु भएको छ।