शनिबार, साउन १२, २०८१

गुल्मिको धुर्कोटमा खोलाले बगाएर महिलाको मिर्त्यु

दशैको टीका लगाउन माइत जाने क्रममा एक महिलाको खोलाले बगाएर मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका ५ वस्तुकि ४१ वर्षीया लक्ष्मी कुवरको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए ।
हिजो साझ ६ बजे तिर आफ्नो घर वस्तु बाट माइतीघर धुर्कोट गाउँपालिकाको पिपलधारा जाने क्रममा औरती खोलाले बगाएर उनको मृत्यु भएको हो । करिब एक किलोमीटर तल कुवरको शव भेटिएको प्रहरीले जनाएको छ ।
शवलाई पोस्ट मार्टमको लागि सदरमुकाम तम्घास ल्याउने प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal