शुक्रबार, जेष्ठ १९, २०८०

जैदीमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

बागलुङ

राष्ट्रिय जनमाेर्चा जिल्ला समिति बागलुङद्धारा राष्ट्रिय जनमाेर्चा जैमिनी नगर सदस्य तथा जैमिनी वडा नं ७का अध्यक्ष शिव पाैडेल र मुलप्रवाह अखिल भारत नेपाली एकता समाजका नेता माेहराज पाैडेलका ममतामयी अामा जैमिनी नगरपालिका वडा नं. ७ जैदी निवासी देउकला पाध्यानीकाे ७८बर्षकाे उमेरमा २०७९ असाेज २२ गते भएकाे दुखद निधनमा शाेक व्यक्त गर्दै २०७९ असाेज ३१ गते दशाैं दिनमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रिय जनमाेर्चा बागलुङका अध्यक्ष तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा, केन्द्रीय सदस्य डिल बहादुर दर्जी, गण्डकी प्रदेश सदस्य तथा काठेखाेला गाउँपालिका उपाध्यक्ष तिलक थापा, जिल्ला सदस्य थानेश्वर सुबेदी, वडा समिति सदस्य भुपेन्द्र राना लगायतले श्रद्धाञ्जली दिनु भएकाे थियाे

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?