शनिबार, साउन १२, २०८१

सर्बोच्च द्वारा रुपन्देही–२ का उम्मेदवार राजु गुरुङकाे उम्मेदवारी खारेज

काठमाण्डाै – रुपन्देही क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएकाे छ ।

आज शुक्रवार सर्वाेच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीकाे इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज नगर्न यसअघि आफैँले गरेको अल्पकालीन आदेश निरन्तर नहुने भनेको हाे ।

यसअघि निर्वाचन अधिकृतको कार्यालयले एकीकृत समाजवादीका नेता गुरुङ बैंकिङ कसुरको कालोसूचीमा रहेको भन्दै उम्मेदवारी खारेज गरिदिएको थियो । निर्वाचन अधिकृतकाे याे निर्णयविरुद्ध गुरुङले सर्वाेच्च अदालतमा रिट दिनुभएकाे थियाे ।

उज्यालो अन्लाईन बाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal