बिहिबार, बैशाख १३, २०८१

क्वानामुकान कराते डो संघ लुम्बिनी प्रदेशको अध्यक्षमा: बिमल प्रसाद पोख्रेल

शंकर प्रसाद पोख्रेल ,बुटवल रुपन्देही

नेपाल क्वानमुकान कराते फोसंघ लुम्बिनी प्रदेशको अध्यक्षमा बिमल प्रसाद पोख्रेल निर्बिरोध निर्बाचित भएकाछन। बिमल प्रसाद पोख्रेल खेलकुद बिकास समिती प्युठानका उपाध्यक्ष तथा पत्रकार महासंघ प्युठानका सदस्य समेत हुन।

त्यसैगरी उपाध्यक्षमा बिदुर घिमिरे ,सचिब प्रशान्त कार्की,कोसाधक्ष केमान सिंह थापा मगर,रहेकाछन भने सदस्यहरुमा सुनिता न्यौपाने ,शान्ती सर्मा,सुन्दर अर्याल ,सौरभ खड्का रहेको नेपाल क्वानमुकान कराते डि संघ लुम्बिनी प्रदेस समिती निर्बाचित भएको छ।

नेपाल क्वानमुकान कराते डो संघ लुम्बिनी प्रदेस स्तरियमा निर्बिरोध निबचित भए लगत्तै
संघका अध्यक्ष बिमल प्रसाद पोख्रेलले खेल जगतलाइ ग्रामीण इलाका र युबाहरुलाइ प्रोत्साहन गर्न आफुले बिना भेदभाद महत्त्वपूर्ण क्वानमुकान कराते डो संघको बिकासको लागि राम्रो कदम चाल्ने बताउनुभयो। साथै उहाँले सबैको सल्लाह र सहमतिमै क्वानमुकान कराते डो संघ चलाउने प्रतिक्रिया दिनुभएको थियो। त्यसै जय प्रकाश भट्टराईले क्वानमुकान कराते डो संघलाइ अन्तर्राष्ट्रिय स्तरमा रुपान्तरण गर्न आफुले पहल गर्ने प्रतिक्रिया दिनुभएको थियो भट्टराईले लुम्बिनी प्रदेसमा क्वानमुकान कराते डो संघलाइ एक ढिक्का बनाएर लैजानामा आफुले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?