शनिबार, बैशाख ८, २०८१

प्युठानमा गठबन्धनलाई किन जिताउने ?र प्रतिगमनलाइ किन हराउने?

नवीन कक्षपती

प्युठानमा मसालको लामो इतिहास र प्रभाव दुबै छ। इतिहास सँगसँगै विगतमा मसालले खेलेको भुमिका राजतन्त्रको विरोध,४८ सालको निर्वाचन बहिष्कार, माओवादी होसमा आउ अभियान, जनजिविका को सवाल होस वा ६२/६३ को जनआन्दोलन र प्रतिगमनका विरुद्ध मसालले खेलेका प्रमुख भूमिकाहरु हुन भने वर्तमानमा मसालको माग संघीयता खारेजी हो,राप्रपाको हिन्दु राष्ट्रको माग जस्तै। इतिहास हामीले बिर्सनु हुदैन। नेकपा मसालको जनवर्गीय संगठन राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष र पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ दुर्गा पौडेल।

प्युठानको निर्वाचन इतिहास हेर्ने हो भने विकासको नारा दिएर प्रमुख पार्टीहरुले आलोपालो जित्दै आएको सर्वबिदै छ। गएको ७४ को निर्वाचनमा एमाले माओवादी सहितको बाम गठबन्धनका उमेदवार दुर्गा पौडेलले जितेको सत्य हो। त्यस सँगसँगै देशै भरि बाम गठबन्धन ले झन्डै दुई तिहाइ सदस्य सहित विजय भएको पनि सत्य हो ।

त्यस यता नेपालको राजनीति वाम र प्रजातान्त्रिक ध्रुवीकरण को दिशामा अगाडि बढ्यो। लगत्तै कमनिष्ट सरकार र नेकपा को जन्म भयो नेकपाको केपी ओली सरकार र पार्टी प्रति जनता र कार्यकर्ताको आशा भरोसा र उत्साह पलायो तर दुःखको कुरा त्यो केपी ओली सरकार प्रतिगमनको दिशामा अगाडि बढ्दा केपी सरकार प्युठानको बिकासमा केही योगदान नगरि पतन भयो। समग्रमा भन्नुपर्दा प्युठानमा नियमित विकास र संसद बिकास कोषका काम बाहेक खासै केही भएको छैन।

प्यूठानी जनताका केही ठूला सपना थिए स्वर्गद्वारी पर्यटन प्रबर्द्धन विकासका लागि केवल कार,प्राविधिक सुविधासम्पन्न हस्पिटल,चाल्नेटा विमानस्थल,राम्रो कलेज,मल्ल रानी डाँडामा बृहत मनोरञ्जन पार्क,गुठी समाधान,खानेपानी,झिमरुक बृहत सिचाइ आयोजना भालुवाङ-दम्ती फोर लेन सडक लगायत यी प्युठानीका सपना थिए। यी जनताका कामहरु हुन नसक्नुमा केपी सरकारको प्राथमिकतामा प्युठान नपर्नु हो। त्यसमा हाम्रा जनप्रतिनिधि र सत्ता संचालन पार्टीका नेताकार्यकर्ता पनि दोषी छम।

प्युठान पछाडि पर्नुको अर्को प्रमुख कारण हो सुर्य थापा।प्युठानमा मसालको दुर्गा पौडेल र वामदेवलाई न सिध्याएँ आफ्नो भाग्य र भविष्य नदेख्ने सूर्य थापा प्रबृत्तिले काम गरेको देखिन्छ।दुई दुई पटक प्रधानमन्त्रीको प्रेस सल्लाहकार त्यसमाथि केपी ओलीको राज्यमन्त्री सरहको सुविधा सहित कार्यकारी भुमिकामा हुदा पनि प्युठानमा विकास गरि जनताको मन जित्न सकिन्छ भन्ने विश्वास सिंहदरबारमा बसेर कहिले बुझेनन्।तर आज सुर्य थापाले आफुलाई एकपटक मौका दिन भन्दै भ्रमको खेती गरिरहेका छन। सिंहदरबार बसेर मैले यो यो गरे भनेर छाती फुलाउने त्यस्तो केहि छ न आगामी दिनको योजना ।हिजो विकास भन्ने कुरा मसालको मात्र जिम्मा हो भन्ने उहाँको मानसिकताले गर्दा आज चुनाव प्रचारप्रसारमा गाली गलोज र झुठको सहारा लिनुपरेको छ। त्यस्ता गाली गलोजको संस्कारलाई प्युठानी जनताले अस्वीकार गर्नेछन्। भने आगामी निर्वाचनपछि प्रतिपक्षमा बस्ने नेकपा एमाले र तिनका उमेदवार सूर्य थापा पात्र र प्रवृत्तिलाई परास्त गर्नु आजको आवश्यकता हो।

हामी बिगतका कमीकमजोरी स्विकार्दै त्यसबाट पाठ सिक्दै आगामी दिनमा प्यूठानको माथि उल्लेख विकास र जनताको जीवन स्तरको सवालमा गठबन्धन नचुक्ने विश्वास दिलाउन चाहन्छौ। संसदीय ब्यबस्थामा विमला भन्ने पात्रले लुम्बिनी प्रदेश बनाउन र ढाल्न सक्छ भने उहाँ लामो इतिहास भएको पार्टी र सदस्य साथै गठबन्धनका साझा उम्मेदवार दुर्गा पौडेल कमजोर र एक्लो हुनुहुन्न उहाँको साथमा आम प्युठानी जनता छन्।

आगामी निर्वाचन पछि जनताको आवाज बोल्ने संसद भवन देखि सत्ता निर्माणमा मुख्य भूमिका खेल्न सक्ने भविष्यमा सभामुख,उपसभामुख,मन्त्री,उपप्रधानमन्त्री बन्न सक्ने ल्याकत भएका उम्मेदवार हुन दुर्गा पौडेल। त्यसैले उहालाई चुनौ र विजयी गराऔं।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?