शुक्रबार, बैशाख ७, २०८१

लुम्बिनीमा सभामुख र उपसभामुख निर्विरोध निर्वाचित

जुमान सिंह के सी
माघ ३,प्युठान
लुम्बिनी प्रदेशको सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाण केसी निर्विरोध निर्वाचित भएका छ्न । उनीहरु दलीय भागबण्डामा निर्विरोध निर्वाचित भएका हुन् ।
सभामुख पदका लागि सोमबार नै घर्तीको एकल उम्मेदवारी परेको थियो । उपसभामखुमा भने राप्रपाकि नेतृ खांण सहित नेपाली कांग्रेसबाट विश्वप्रेम पाठक र नागरिक उन्मुक्तिबाट निर्मलादेवी थारुको उम्मेदवारी परेको थियो । तर मंगलबार कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले उपसभामुखमा दर्ता गरेको उम्मेदवारी फिर्ता लिएपछि सभामुख र उपसभामुख दुवैमा सत्ता गठबन्धनकै उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।
८७ सदस्यीय प्रदेशसभामा सत्तारुढ गठबन्धनमा ५८ सांसद रहेका छन् । प्रदेशसभामा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४÷४, जसपा, जनमत, लोसपाका ३÷३ र दुई स्वतन्त्र सांसद सत्ता गठबन्धनमा सोमल छन् ।
निर्विरोध रुपमा निर्वाचित सभामुख र उपसभामुखको सपथग्रहण कार्यक्रम भने बुधवार हुने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
बुधवार दिउसो १ बजे बुटवल स्थित प्रदेश प्रमुख कार्यालयमै सभामुख र उपसभामुखको सपथग्रहण हुने कार्यक्रम तय भएको छ ।
यसअघि मुख्यमन्त्री लिला गिरीको भने सपथ ग्रहण स्थायी राजधानी दाङको राप्ती उपत्यकामा भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?