शनिबार, बैशाख ८, २०८१

झिमरुक सहकारी संजालकाे चाैथाे साधारणसभा तथा दाेस्राे अधिवेशन मच्छीमा सम्पन्न

नारायण जिसि ,प्युठानको झिमरुक सहकारी संजालकाे चाैथाे साधारणसभा तथा दाेस्राे अधिवेशन आज झमरुक गाउंपालिकाको मच्छीमा सम्पन्न भएकाे छ।

लुम्बिनी प्रदेस सहकारी संघका सदस्य जिवलाल न्याैपानेकाे प्रमुख आथित्यतामा कार्यवाहक अध्यक्ष कमला रिजालकाे अध्यक्ष तामा,बिष्णुमणी पाेखरेलकाे स्वागत भाषणमा भएको कार्यक्रमकाे संचालन सचिव पित्रीभक्त रिजालले गर्नु भएकाे थियाे ।

अधिवेशनले धुर्व बहादुर जि.सी.काे संयाेजकत्वमा ९सदस्य संचालक समितिकाे गठन भएको छ।जसकाे उप संयाेजक
तिर्थराज पाेखरेल,सचिव नारायण बहादुर जि.सी.,काेपाध्यक्ष राधा घिमिरे,सदस्यहरुमा पितम खड्का,भगवता जि.सी.,मञ्जु एम.सी.,श्री कृष्ण रिजाल र बिष्णु बहादुर एम .सी.निर्वाचित हुनु भ छ।
झिमरुक गाउँपालिका भित्र विभिन्न प्रकृतिका ३२वटा सहकारीहरु छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?