शुक्रबार, बैशाख ७, २०८१

बागलुङमा राष्ट्रिय जनमोर्चा तग्रामको वडा सम्मेलन सम्पन्न

झिमरुक संवाददाता बागलुङ

राष्ट्रिय जनमोर्चा काठेखोला गाउँपालिका–४ तंग्रामको वडा सम्मेलन सम्पन्न भएको छ । माघ १४ गते तंग्राममा सम्पन्न वडा सम्मेलनको उद्घाटन गर्दै राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सदस्य तिलक थापाले गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता जस्ता आन्दोलनबाट प्राप्त अधिकार जोगाउन राष्ट्रिय जनमोर्चाले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउदै आन्दोलनका उपलब्धीहरुलाई संस्थागत गर्न गाउँ गाउँबाट खवरदारी गर्नुपर्ने बताउनुभयो । उद्घाटन समारोहमा राष्ट्रिय जनमोर्चा जिल्ला सचिवालय सदस्य लक्ष्मण पुन, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका उपाध्यक्ष ओम बहादुर पुन, अखिल नेपाल भुतपुर्व शैनिक संघ बागलुङका सचिव थिर बहादुर राना, राष्ट्रिय जनमोर्चा काठेखोला गाउँपालिकाका सचिव टिका संगम बि.क., अखिल नेपाल शिक्षक संघ काठेखोला गाउँपालिकाका अध्यक्ष धन प्रसाद पुन, राष्ट्रिय जनमोर्चा काठेखोला गाउँपालिकाका सदस्य थमन पुन लगायतका ब्यक्तित्वहरुले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।

सम्मेलनले बिष्णु कँडेलको अध्यक्षतामा १७ सदस्यीय वडा समिति गठन गरेको छ । जस्मा उपाध्यक्ष थमन पुन, सचिव थिर बहादुर राना, सहसचिव सर बहादुर दर्जी, कोषाध्यक्ष नर बहादुर थापा, र सदस्यहरुमा नर बहादुर पुन, सिता किसान, पुर्ण बहादुर थापा, कुल प्रसाद थापा, टेक बहादुर थापा, शसीमाया थापा, मन बहादुर पुन, कर्ण बहादुर पुन, हरिभक्त थापा, कमला पुन, लाल बहादुर किसान, मनु बि.क.रहनुभएको छ । त्यसैगरि सल्लाहकारहरुमा शस बहादुर बि.क., दिल बहादुर पुन, हर्कराम थापा, श्यामलाल बि.क. र रन बहादुर पुन रहनुभएको छ । सम्मेलनको उद्घाटन समारोह विष्णु कँडेलको अध्यक्षता, शस बहादुर बि.क.को स्वागत र करण पुनको सञ्चालन रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?