शुक्रबार, जेष्ठ १९, २०८०

सामाजिक समावेशीकरण उत्तरदायी विपद् जोखिम न्यूनीकरण सम्बन्धी तालिम चल्दै

जुमान सिंह के सी
कपिलवस्तु ,माघ १५

महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्‍यूनिकरण तथा व्यावस्थापन प्राधिकरणको समन्वयमा तालिमको संचालन गर्न लागिएको हो।
यूएनडिपी, यूनिसेफ, यूएनयुमन, नेपाल रेडक्रस सोसाइटी, EU ECHO को आर्थिक सहयोगमा तीन दिने तालिम कपिलवस्तुको चनौटामा सुरु भएको छ।

विपद् पूर्व तयारी परियोजनाः शहरी विपद् तथा भुकम्पीय पूर्व तयारी परियोजना अन्तर्गत लैङ्गिक समानता,, र सामाजिक समावेशीकरण (GEDSI) उत्तरदायी विपद् जोखिम न्यूनीकरण सम्बन्धि तिन दिने तालिम सुरु भएको छ। महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिब तथा संरक्षण क्लष्टरका प्रमुख शारदा बस्यालको अध्यक्षता र तालीमको उदेश्यको बारेमा यु एन अोमनका प्रतिनिधि समा श्रेष्ठलेले जनाकारी गराउनु भएको थियो ।

कार्यक्रममा आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्रालयका महाशाखा प्रमुख यम बहादुर कुँबरको समेत आतिथ्यता रहेको थियो।
प्रदेश स्तरका विभिन्न वर्ग क्षत्रबाट लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका सरकारी तथा समाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ।उद्घाटन शत्रको कार्यक्रम आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्रालयका अधिकृत माधव मिश्रले सञ्चालन गर्नुभएको थियो।

तालीमको सहजीकरण डा.राजु थापा,शारदा बस्याल,अचला दहाल,र स्मृति पन्थ र सपना बिष्ट ले गरिरहनु भएको तालीमका समन्वय कर्ता राजकुमार घिमिरेले बताउनु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?