शनिबार, साउन १२, २०८१

सामाजिक समावेशीकरण उत्तरदायी विपद् जोखिम न्यूनीकरण सम्बन्धी तालिम सम्पन्न

जुमान सिंह के सी
कपिलवस्तु ,माघ १७

महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्‍यूनिकरण तथा व्यावस्थापन प्राधिकरणको समन्वयमा संचालन भएको तालीम मंगलबार सम्पन्न भएको छ।
यूएनडिपी, यूनिसेफ, यूएनयुमन, नेपाल रेडक्रस सोसाइटी, EU ECHO को आर्थिक सहयोगमा तीन दिने तालिम कपिलवस्तुको चनौटामा भएको हो।
कार्यक्रममा सहभागीहरुले समाजमा पछाडि परेका र पारिएका समुदायको संबेदनसिलता लाई गम्भीरताका साथ लिएर निति, कार्यक्रम,बजेट तथा योजना बनाउनु पर्ने धारणा व्यक्त गरेका थिए ।
विपद् पूर्व तयारी परियोजनाः शहरी विपद् तथा भुकम्पीय पूर्व तयारी परियोजना अन्तर्गत लैङ्गिक समानता,, र सामाजिक समावेशीकरण (GEDSI) उत्तरदायी विपद् जोखिम न्यूनीकरण सम्बन्धि तिन दिने तालिम संचालन गरिएको तालिमका समन्वय कर्ता राजकुमार घिमिरेले बताउनु भएको छ।
तीन दिन सम्म चलेको समापन कार्यक्रमको अध्यक्षता महिला ,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिब दिपकराज नेपालले गर्नु भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्रालयका सचीव कोमल प्रसाद धमलाले आगामी दिनमा .लैङ्गिक समानता,,अपाङ्गता, र सामाजिक समावेशीकरण (GEDSI)लाई अनुसार कानुन, निति निर्माण गरि प्रदेशको बिधायिकामा लैजाने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो साथै उहाँले भन्नू भयो” यो सबैको साझा सवाल भएकोले सबैको भुमिका हुनु पर्ने बताउनु भएको थियो”।

लुम्बिनी प्रदेश स्तरका विभिन्न वर्ग क्षत्रबाट विभिन्न जिल्लाका सरकारी तथा समाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
मंगलबार सम्पन्न भएको कार्यक्रमको संचालन आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्रालयका कानुन अधिकृत सीता घिमिरेले गर्नुभएको थियो।

तीन दिन सम्म संचालित तालिमको सहजीकरण डा.राजु थापा,शारदा बस्याल,अचला दहाल, स्मृति पन्थ र सपना बिष्टले गर्नु भएको थियो भने तालिममा छलफल, समुहकार्य र अंतरकृयात्मक बिधीबाट सन्चालन गरिएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal