शनिबार, साउन १२, २०८१

प्युठानमा कार दुर्घटना हुँदा ५ जना घाइते चार जनलाइ बुटवल रिफर

प्युठानको प्युठान नगरपालिका-१० हाडीगैरामा मंगलवार कार दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।
बाग्दुला मच्छी सडकखण्डमा एकैघरका परिवार सवार रहेको बा.०१०२७ च ७८१६ नम्बरकाे कार दुर्घटना हुंदा चालकसहित ५ जना घाईते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते हुनेमा चालक बालाराम गिरिसहित उनका बुबा नन्दुलाल गिरि, आमा हिमा गिरि, ८० वर्षिय रबिलाल गिरि र ६९ वर्षिया हुमा गिरि छन ।
चालक वाहेक सबैको अवस्था गम्भीर रहेको छ ।
गंभीर अवस्थाका चार जना घाइतेलाई उद्धार गरी उपचारका लागि बुट्वल पठाइएकाे छ । झिमरुक गाउपालिका स्थायी घर रहेका उनिहरु प्युठान नगरपालिका दसमा बस्दै आएको बुझिएको छ।
कार सडकदेखि झण्डै ६० मिटर तल खसेको बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal