
फल्गुण २४, प्युठान ।
जुमान सिंह के सी।
मल्लरानी गाउँपालिका खलंगा प्युठानको मल्लरानी डाडामा फुड फेस्टिबल संचालन हुने भएको छ। नंया वर्षको अवसरमा फेस्टिबलको आयोजना गरिएकोप्युठान उद्योग बाणिज्य संघ मल्लरानी बाजारका अध्यक्ष बासुप्रसाद श्रेष्ठले बताउनु भएको छ।
बुधबार खलंगामा बसेको भेलाले आगामी चैत्र ३० गते देखि बैशाख २ गते तीनदिन सम्म फुड फेस्टिबल संचालन गर्ने निर्णय भएको आयिजकले जनएको छ।
साथै भेलाले बसुप्रसाद श्रेष्ठ संयोजक र संघका पुर्व अध्यक्ष इमानसिंह भारती सहसंयोजक रहने गरि १०१ सदस्य मुल आयोजक समितिको गठन गरेको छ।
साथै दैनिक कामको प्रबन्ध गर्नका लागि १९ सदस्य कार्यसम्पदन समिति गठन गरिएको अध्यक्ष बासुप्रसाद श्रेष्ठले बताउनु भएको छ।
पर्यटन प्रवधन, स्थानीय खानाका परिकारको प्रबधन तथा प्रचारप्रसारका लागिनयाँ वर्षको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको मुल आयोजक समितिका सह संयोजक ईमान सिंह भारतीले बताउनु भएको छ।