बिहिबार, बैशाख १३, २०८१

प्युठानको सौतामारेमा खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना हुने

दीपेन्द्र सुनार प्युठान चैत २८प्युठान जिल्ला झिमरुक गाउँपालिका वार्ड न १ सौतामारेमा खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ।
“राष्ट्रका लागि खेलकुद स्वास्थका लागि खेलकुद ” भन्ने उदेश्यका साथ ने.क.पा. एमाले झिमरुक गाउँपालिका वार्ड न १ वडा कमिटी तथा राष्ट्रिय युवा संघको संयुक्त आयोजनामा नयाँ वर्षको अवसर पारी यहीँ मिति २०८०/१/२र ३ गते खुल्ला पुरुष भलिवल प्रतियोगिताको आयोजना गरिएको एमाले वडा कमिटी सदस्य तथा कार्यक्रम संयोजक बुद्धिराम खनालले जानकारी दिएका छ्न।
उनका अनुसार नयाँ वर्षको २०७९ को अवसर पारी एमाले झिमरुक गाउँपालिका वार्ड न १ वडा कमिटी र राष्ट्रिय युवा संघको आयोजनामा हुन गएको बृहत् खुल्ला पुरुष भलिवल प्रतियोगितामा पाएक पर्ने युवा क्लब , युवा संजाल , तथा विद्यालयहरु सहभागी भएर कार्यक्रम भब्य रुपमा सफल पार्न आग्रह गरेका छ्न।
साथै सोही कार्यक्रममा वार्ड न १ का जेष्ठ नागरिकहरु लाई सम्मान गरिने खनालको भनाई रहेको छ।
भलिबल तर्फ प्रथम ,दोर्स्रो र तेर्स्रो हुनेलाई
क्रमशः
१: २०००० र प्रमाणपत्र
२: १५०००र प्रमाणपत्र
३: १००००र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?