शनिबार, साउन १२, २०८१

माधब झलनाथ पक्षका सांसद कृष्णभक्त पोख्रेलले आफू अब देखि ओलि पक्षमा डटेर लाग्ने घोषणा गरे

काठमाडौं : माधव समूह प्रभावशाली सांसद कृष्णभक्त पोखरेल संसदीय दलको बैठकमा उपस्थित भएर केपी ओली नेतृत्वको मूलधारमा लागेको घोषणा गरेका छन्। शनिबार संसदीय दलको बैठकमा बोल्दै उनले ओली सरकार पाँच वर्षसम्म नै चल्ने दाबी गरे।

पोखरेलले बेलायतमा पनि जोन मेजरलाई घेराबन्दी गरेर हटाउन खोजिएको स्मरण गर्दै पछि सबैले साथ दिएर ५ वर्ष सरकार चलेको उदाहरण दिए। माधव पक्षको बैठकमा कि हामीले नयाँ संसदीय दलको नेता बनाउँदै छौं भनेर रोक्नुपर्‍यो कि होइन भने लगातार तीन पटक नजाने आधार के हुन् भनेर प्रश्न गरेको बताउँदै उनले भने, ‘हामीले भनौं, केपी ओलीलाई संसदीय दलको नेताबाट फाल्न सक्छौं ? फाल्ने हाम्रो योजना छ ? हो छैन भने अरु ढंगबाट कोठे बैठक बस्न हुँदैन भनियो।’

एमालेको संसदीय दलको बैठक जारी बैठकमा एमाले सांसद पोखरेलले माधव—झलनाथ नेतृत्वले पार्टी फुटाउन लागेको बताए। उनले अगाडि थपे,‘ओलीको नेतृत्वमा सरकार पाँच वर्षसम्म चलेर हामीले नेपाली जनतासामू गरेको संकल्प पूरा गरेर फर्केने दृण अठोटका साथ म यहाँ आएको छु।’

पोखरेल भने,‘छुट्टै दलको बैठक बस्नुपर्ने कुरा सकियो म अब मूलधारमा लागेँ, यसबीचमा कहिँ कतै गल्ति भएको भए माफ पाउँ। अब समृद्ध नेपाल बनाउन केपी ओलीको अभियानलाई साथ दिन र पार्टी एकताको लागि म यहाँ आएको छु। अन्नपूर्ण

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal