शनिबार, साउन १२, २०८१

पाँच नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौं : पार्टी हित विपरित काम गरेको भन्दै नेकपा (एमाले)ले पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ५ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

यसरी स्पष्टीकरण सोधिने नेतामा वरिष्ठ नेता नेपालसँगै भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्री रहेका छन् ।

पाँचै नेताले पार्टी हितविरुद्ध काम गरेको, सरकारको बदनाम गर्न गुट भेला गरेको र पार्टी नेतृत्वलाई खुइल्याउने काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय भएको ति नेताको भनाइ छ।

पार्टी अध्यक्ष ओलीले बालुवाटारमा बोलाएको बैठकमा माधव नेपाल समूहका केन्द्रीय सदस्य भने सहभागी छैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal