शनिबार, साउन १२, २०८१

युवक संघ रुपन्देहीको अध्यक्षमा हरि योगी ११ सदस्यीय जिल्ला समिति निर्माण

टेकराज भुसाल, बुटवल ।
अखिल नेपाल युवक संघ रुपन्देहीको प्रथम जिल्ला भेला बुटवलमा सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले हरि योगिको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समितिको चयन गरेको छ।

जसको उपाध्यक्षमा ज्ञामुध्वज मल्ल, सचिवमा कृष्ण जिसी, कोषाध्यक्षमा मिलन पोख्रेल रहनुभएको छ भने सदस्यहरुमा हरिलाल नेपाली, दिपक बस्नेत, दुर्गादेवि काउछा, महिमा भुसाल, यमबहादुर क्षेत्री, कृष्ण आचार्य र अजित ज्ञवाली चयन हुनुभएको छ ।

भेलाको उद्घाटन गर्दै अखिल नेपाल युवक संघका महासचिव कृष्णराज पाण्डेले नेपालमा समृद्धीको बाधक भ्रष्टाचार भएको बताउनुभयो । उहाँले अदालत, मालपोत नगरपालिकालगायत सरकारी कार्यालयहरुमा भ्रष्टाचार बढ्दै गएको भन्दै भ्रष्टाचार रोक्न सचेत युवाहरु एक भएर लाग्नुको विकल्प नरहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका रुपन्देही जिल्ला अध्यक्ष बद्रे आलम, नेकपा (मसाल) का प्रवक्ता नारायण जिसी, कम्युनिस्ट संग्रहालय नेपालका अध्यक्ष चेतनाथ आचार्य, अखिल नेपाल उद्योग व्यापार संघका अध्यक्ष ढुण्डिराज शर्मा, महिला संघकी जिल्ला अध्यक्ष भानु जिसी, अन्टुकका लोकराज भुसाल, अखिल (छैठौं) रुपन्देहीका अध्यक्ष सरोजमान सिंह, राजमो क्षत्रीय कोषाध्यक्ष गणेश गौतम लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम हरि योगिको अध्यक्षता र मिलन पोख्रेलको सञचालनमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal