
जेष्ठ २१, प्युठान
कुलचन्द्र विस्वकर्मा
र्राष्ट्रिय जनमोर्चा प्युठानद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गरेको छ। आइतबार जिल्ला प्रशासन कार्यालय प्युठानका निमित्त प्रमुख जिल्ला अधिकारी मेघराज सोनि मार्फत प्रधानमन्त्रीलाई पेश गरेको हो।
राजमोका जिल्ला अध्यक्ष ज्ञामुराम न्यौपानेको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले ज्ञापनपत्र बुझाएको छ।
नागरिकता सम्बन्धि बिधायक रास्ट्रपतिबाट प्रमाणिकारण हुनु रास्ट्रहित विपरीत भएको राजमोले जनाएको छ साथै ज्ञापनपत्रमा भनिएको छ”नगरीकता सम्बन्धि विधेयक संसदमा समेत छलफल नगराई संबैधानिक र संसदिय कार्यविधी बिपरित भएको उल्लेख गरेको छ।
देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई नागरिकता बिधयक प्रमाणीकरण गरे संगै सोही अनुसार नागरिकता बितरण गर्न परिपत्र गरेकोमा आपत्ति जनाउदै तत्काल बन्द गराउन प्रधानमन्त्रीलाई आग्रह गरेको छ।
निमित्त प्रमुख जिल्ला अधिकारी मेघराज सोनिले उक्त ज्ञापनपत्र तत्काल प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पठाउने बताउनु भएको थियो।
भारतले आफ्नो नक्सामा नेपालको कपिलवस्तु लुम्बिनी र बिराटनगर सहितको भु- भाग समेत सम्मीलित गरिएको नक्सा प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएकोले सरकारलाई गम्भीर बन्न आग्रह गरेको छ।
रास्ट्रघाती नागरिकता बिधयक प्रमाणिकारणको खारेजी र भारतले नेपालको भु भाग सहितको अपमानजनक रुपमा राखिएको नक्सा विरुद्ध सबै सचेत नेपाली सतर्क रहन अपिल गरेको छ।
सदरमुकाम खलंगामा पार्टीले कोणसभा गरी रास्ट्र र्राष्ट्रियता, सर्वभौमिकतालाई काङ्ग्रेस माओवादीले सत्ता संग साट्न खोजेको बोल्ने वक्ताहरुले आरोप लगाएका छ्न ।