शनिबार, साउन १२, २०८१

अखिल नेपाल महिला संघ जैमिनी नगर समितिको एक दिने भेला तथा प्रशिक्षण सम्पन्न

भिमसेन वन
बागलुङ अखिल नेपाल महिला संघ जैमिनी नगर समिति, बागलुङको आयोजनामा एक दिवशीय प्रशिक्षण भेला चैत्र ७ गते सनिवार पर्यटकीय टापु हाडिकोटमा सम्पन्न भएको छ ।
अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटाले व्यानर पढेर उद्घाटन गर्नु भएको प्रशिक्षण भेलाको अध्यक्षता नगर अध्यक्ष टिका थापा, सञ्चालन नगर सचिव मिना थापा र स्वागत नगर उपाध्यक्ष दिलकुमारी श्रीसले गर्नु भएको थियो ।
प्रशिक्षण भेला सफलताको शुभकामना दिनेहरुमा अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बाँस्कोटा, केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला अध्यक्ष दिल कुमारी पुन, केन्द्रीय सदस्य रुद्रा कुमारी के.सी., राष्ट्रिय जनमोर्चा जैमिनी १०, राङखानीका अध्यक्ष टिकाराम आचार्य हुनु हुन्थ्यो ।
प्रशिक्षण भेलामा जैमिनी नगरका विभिन्न वडाबाट १०० भन्दा बढी अखिल नेपाल महिला संघका अगुवा कार्यकर्ताको सहभागीता रहेको थियो । प्रशिक्षण अखिल नेपाल महिला संघका उपाध्यक्ष लक्ष्मी बाँस्कोटा, अखिल नेपाल बुद्धिजिवी संघका निर्मला सुवेदीले महिला संघको ईतिहास, महिला हिंसा र कानुनी व्यवस्था, महिलाको अवस्था र शिक्षा, समसामयिक राजनीतिक अवस्थाका बारेमा प्रशिक्षण दिनु भएको थियो ।

त्यस्तै गल्कोट नगरपालिका वडा नं. ५ हरिचौरमा अखिल नेपाल महिला संघको वडा भेला सम्पन्न भएको छ । भेलाको उद्घाटन अखिल नेपाल महिला संघ, बागलुङका सदस्य विस्नु बस्नेतले दिप प्रज्ज्वलन गरी गर्नु भएको थियो । भेला भिमा खत्रीको अध्यक्षता, सरिता थापाको सञ्चालन र सुनिता खत्रीको स्वागत भाषणबाट अगाडि बढेको थियो । भेला सफलताको शुभकामना दिनेहरुमा राष्ट्रिय जनमोर्चा, बागलुङका सचिव भिमलाल पोखरेल, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य सुनमाया ढकाल, अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष मित्रदत्त ढकाल, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष टंक बहादुर के.सी., जिल्ला सल्लाहकार अमर बहादुर खत्री, अखिल नेपाल महिला संघ गल्कोट नगर अध्यक्ष देवी खत्री हुनु हुन्थ्यो ।
भेलाले भिमा खत्रीको अध्यक्षतामा अखिल नेपाल महिला संघ वडा समिति, गल्कोट ५, हरिचौर गठन गरेको छ । जसको उपाध्यक्ष कमला थापा, सचिव सरिता थापा, सहसचिव रुपा बस्नेत, कोषाध्यक्ष सुनिता खत्री र सदस्यहरु पवि वि.क., भिमकुमारी परियार, योगमाया गौतम, कोपिला कार्की, इश्वरी कार्की, गिता शाही, रेवती खत्री, मेनुका चोखाल, उमादेवी वि.क., करिश्मा थापा, टिका कार्की, सल्लाहकारहरुमा मनि राना, इश्वरीदेवी कार्की, बसुन्धरा खत्री, नन्दकली दर्जी, विना मल्ल रहनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal