बिहिबार, माघ २४, २०८१

विस्वकप क्रिकेटमा अमेरिकालाई नेपालले ६ विकेटले हरायो

विश्वकप छनोट क्रिकेटमा अमेरिकासँगकाे खेलमा नेपाल ६ विकेटले विजयी भएको छ ।

जिम्बाव्वेमा जितका लागि पाएको  २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपाललाई जिताउन भीम सार्कीले नट आउट ७७ रन बनाए ।

जिम्बाव्वेको हरारेमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर २०७ रन बनायो । उसका सयन जंहागीर १०० रनमा अविजित रहे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?