शनिबार, साउन १२, २०८१

असार १५ दहिचिउराको चर्चा

 

-बिन बहादुर रेग्मी

मलाई पनि फेसबूक मेसेन्जर इमो वाटसप मा दही चिउरा आएका छन। प्रायजसो ति पठाउनेहरु शहरमा बजारमा किनेर खाने मान्छे छन कोही कोही घर परिवार जहान बालबच्चा छोडेर गाउँ देखि आफ्नो देश देखि धेरै टाढा पुगेर पसिना बगाउने श्रमजीवी छन। उहाँहरू सबैलाई थाहा छ आज असार पन्ध्र हो, असार पन्ध्र धान दिवस हो, धान दिवसमा दही चिउरा खान नपाए पनि सबै सबैलाई बिहानै बिहानै दही चिउराको फोटो मात्रै भए पनि शेयर गर्नुपर्छ भन्ने कुरा थाहा छ। त्यही क्रममा मलाई पनि दही चिउरा का फोटा र शुभ कामना को ओइरो लागेको हुनसक्छ। यसो त म पनि आफ्नो गाउँ घर खेत बाँझो राखेर प्रदेशिएको परेँ। मलाई र म जस्ता धेरैलाई धान दिवसमा के हुन्छ कसरी मनाइन्छ थाहै छैन।

धान खेती परम्परा पुरानो हो, रोपाइँमा असारे गीत घन्किने दही चिउरा खाने परम्परा नै हो।सयुक्त राष्ट्रसंघका ४३देशले २०६२/६३ को आर्थिक वर्ष देखि धान दिवस मनाउने गरेको र नेपालमा पनि पहिलो धान दिवस सुरु भएको इतिहास भर्खरको हो। विक्रम सम्वत २०७९/८० असार पन्ध्र आजको बीसौं धान दिवस “जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उ्पादनमा वृद्धि।” मूल नाराका साथ आज देशभरि सरकारी स्तरमा कहीं घरको छतमा गमलामा रोपाइँ गरेर, कहीं किराया मा खेत ल्याएर व्यानर टाँगेर हिलोमा पसेर धानको बिउ समातेर फोटो भिडियो सुट हुँदैछ आज। यसो भनिरहँदा मेरो लेख पोस्ट को आशय सरकार विरोधी जस्तो लाग्न सक्छ। म सरकार विरोधी होइन सरकारका मान्छेले तय गरेको त्यो नारा मैंले नबुझेको कुरा मात्रै हो।

 

हजुरहरुले बुझ्नु भएको छ भने के बुझ्नु भयो कमेन्ट गर्नुहोला। हेर्नुहोस न पूरा सरकारी स्तरमा पूरा शक्ति लगाएर बीस वर्ष देखि धान दिवस मनाउने यी सरकारी नाराको गत आर्थिक वर्ष २०७७/७८ मा विदेशबाट तिन खर्ब तेईस अर्ब को खाद्यान्न आयात भएको छ। अझ हेर्नुहुन्छ भने २०७८/७९ मा धान चावल मात्रै ४७.७४अर्ब को आयात भएको छ, मकै २०.४५ अर्ब, गहुँ ६.७३अर्ब र तरकारी मात्रै ३८.६८अर्बको आयात भएको छ। त्यो अर्थमा बीसौं धान दिवस र सरकारी नाराले मेल खाँदैन।

यसपालिको बीसौं धान दिवस को मूल नारामा भ्रष्टाचारको गन्ध आएको छ।
भाषण दिने कर्णप्रिय कला शैली भन्दा नयाँ व्यावहारिक ज्ञान दिन सक्ने कृषि विज्ञ आजको आबस्यकता हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal