
बुटवल । राजकुमार कसौधनका छोरा छोरीलाई आफ्नै छोरा छोरी हुन भनेर नागरिकता बनाउन प्रयत्न गर्ने रमेश कसौधनले बर्षौदेखिको प्रयत्नकोपछि यसपटक वडा कार्यालयबाट नागरिकताका लागि सिफारिस पाएको खुलेको छ।
दाजु राज कुमार कसौधन रोजगारीको शिलशिलामा बिदेश भएको समयमा भाउजुसंग अनैतिक सम्वन्ध राखि बिवाह गरेका रमेश कसौधनतर्फ कुनै सन्तान नभएपछि २०६७ सालमा राजकुमारकै छोरा छोरीलाई आफ्नै छोरा छोरी हुन भनि जन्मदर्ता गराएका थिए।
रमेशले आफ्ना छोरा छोरी हुन भनेका मनोज कशौधन, सन्ध्या कसौधन र सरिता कसौधन आफ्ना छोरा छोरी भएको र आफु रोजगारीको शिलशिलामा बाहिर रहेको समयमा रमेशले श्रीमतीसंगै लिएर गएको उनका दाजु राज कुमारले बताउदै आएका छन्।
ईलाका प्रशासन कार्यालय बुटवलका सुचना अधिकारी विष्णु प्रसाद ज्ञवालीले रमेश कसौधनले आफ्ना छोरा र छोरी हुन भनेर ल्याएका सरिता मनोज र सन्ध्या आफ्ना छोरा छोरी भएको दावी गरेर बयान दिएको बताए। हामीले त्यसै समातेका होईननौ यथेष्ट प्रमाण देखिएपछि उनीहरु माथी छानविन गरेका हौं उनले भने।
दाजु बिदेश भएको बेला प्रेम सम्वन्ध बनाएर बिवाह गरेका रमेशले २०६७ साल जेठ १० गते भारत घर भएकी सिता बानियासंग बिवाह गरेको भन्दै तत्कालिन बुटवल नगरपालिकाको वडा नं २ को कार्यालयमा बिवाह दर्ता गरी बैवाहिक अंगिकृत नागरिकता बनाएका थिए।
बावुको ठेगाना रुपन्देही सौ फर्साटिकर उल्लेख गरिएको सिता बानियासंगको बिवाह दर्ता प्रमाण पत्रमा बावुको नाम कोदै बानिया उल्लेख छ। तत्कालिन वडा सचिव गुणाखर खनालले दर्ता गरेको उनको बिवाह दर्ता प्रमाण पत्रमा बावुको ठेगाना सौ फर्साटिकर उल्लेख गरिएको भएपनि भारतीय बावु आमाकी छोरी सिताले रमेश कसौधनसंग दोश्रो बिवाह पछि मात्रै अंगिकृत नागरिकता लिएको पाईएको छ।
२०६७ जेठ १० गते सिता बानिया संग बिवाह दर्ता गरेको रमेशले २०६७ जेठ ३० गते सितासंग संगै ल्याएका राज कुमार कसौधनका छोरा छोरीहरुको आफ्ना सन्तान हुन भनि जन्मदर्ता गरेको र २०७६ साल जेठ ६ गते मात्रै सिता बानियाको नागरिकता बनाएको अभिलेखबाट देखिन्छ।
सिता बानियाको नागरिकता बने संगै रमेशले आफ्ना छोरा छोरी भनी जन्मदर्ता गराएका रमेशले छोरा मनोज र छोरीहरु सन्ध्या र सरिताको नागरिकता बनाउनका लागि भन्दै यस अघि पनि पटक पटक वडा कार्यालयमा जाने गरेको वडाका कर्मचारीहरु बताउछन्।
रमेश कसौधन पटक पटक छोरा छोरीको नागरिकता बनाउन छ भन्दै आएका थिए तर तत्कालिन वडा अध्यक्षलाई सबै थाहा भएका कारण सिफारिस दिन नमानेपछि रोकिएको थियो। यसपटक सिफारिस लगेछन् नगरपालिकाका एक कर्मचारीले भने।
रमेशले पटक पटक बिभिन्न सम्पर्क ब्यक्तिहरुको प्रयोग गरि छोरा छोरीको नागरिकताका बनाई दिए १ लाख ५० हजार सम्मको प्रस्ताव लिएर आएको तर अधिकृतहरुले नमानेको ईलाका प्रशासन कार्यालयका एक कर्मचारीले बताए। रमेशले कार्यालय प्रमुख फेरिना साथ नागरिकता बनाउन सहयोग गरिदिन पर्यो भन्दै आउथे यसपटक वडाबाटै सिफारिस लिएर आएछन् ति कर्मचारीले भने।
गत सुक्रवार नागरिकता बनाउन ईलाका प्रशासन कार्यालय बुटवल पुगेका रमेश र उनकी पत्नी सिता सहित उनका छोरा छोरी दावी गरेका ३ जनालाई इलाका प्रशासन कार्यालयबाट नियन्त्रणमा लिइएको थियो।
वडा अध्यक्ष समेत जानकार थिए
स्थानीयका अनुसार पछिल्लो समय बुटवल उपमहानगरपालिका वडा नं ११ प्रगतिनगरमा बस्दै आएका रमेशका मनोज, सन्ध्या र सरिता छोरा छोरी होईनन र ति मध्ये जेठी छोरी सरिताको बिवाह भैसकेको समेत वडा अध्यक्ष नरेन्द्र बस्नेतलाई जानकारी थियो।
बुटवलको वडा नं १ भुगोलका हिसावले त्यती ठुलो छैन रमेश पनि त्यही जन्मे हुर्केका हुन, वडाध्यक्ष समेत त्यही जन्मेहुर्केका मान्छे हुन, २ । २ पल्ट वडाध्यक्ष भैसकेका मान्छेले थाहा थिएन भन्न मिल्ने बिषय नै होईन यसमा मिलोमतो छ एक स्थानीयले भने।
तर वडाध्यक्ष नरेन्द्र बस्नेतले आफुले बिवाह दर्ता जन्मदर्ता र अन्य प्रमाण पुग्ने कागजात हेरेर नागरिकताका लागि सिफारिस गरेको बताउदै आएका छन्। मैले कागजातका आधारमा सिफारिस दिएको हुं २०६७ सालमै जन्मदर्ता भएको रहेछ त्यो ल्याएपछि सिफारिस दिए, वडाध्यक्षले सबैलाई चिनिदैन साथीहरुले हो भन्नु भयो मैले सिफारिस दिए बस्नेतले भने।
बुटवल उपमहानगरपालिका वडा नं १ का पुर्व वडाध्यक्ष महेन्द्र लिगलले रमेश कसौधन पहिले देखि नै छोरा छोरीको नागरिकता बनाउने प्रस्ताव लिएर आएका थिए मैले तिम्रा छोरा छोरी नै होईनन मैले कसरी सिफारिस दिउ भनेर फर्काएको बताए।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले झुठा बिवरण पेश गर्ने बावु आमा संगै गरेर नागरिकता लिन प्रयास गर्ने ३ जना र जन्मदर्ता गर्ने र नागरिकताका लागि सिफारिस गर्नेहरुलाई समेत कानुनी दायरामा ल्याउने गरी अनुसन्धान गर्न निर्देशन दिएको बताए।
जन्म दर्ता गर्ने कर्मचारी होस वा जनप्रतिनिधी जो सुकैले गरेको भएपनि अनुसन्धान हुन्छ प्रमाणले सम्लग्न भएको भेटीए सबैलाई कार्वाही हुन्छ प्रमुख जिल्ला अधिकारी पाण्डेले भने।
यस बिषयमा अनुसन्धान सूरु गरेको ईलाका प्रहरी कार्यालय बुटवलले भने हाल सम्म झुठा बिवरण पेश गर्ने बावु आमा र नागरिकता बनाउन सिफारिस लिने ३ जना गरी ५ जनालाई मात्रै नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा लिईएका ५ जनालाई प्रहरी हिरासतमा राखि अनुसन्धान गर्न अनुमती लिन गएको ईलाका प्रहरी कार्यालयलाई भने रुपन्देही जिल्ला अदालतले अनुमती दिएन। ईलाका प्रहरी कार्यालयका अनुसार अदालतले उनीहरुलाई बाहिरै राखेर अनुसन्धान गर्नु भन्ने आदेश गरेपछि उनीहरु आईतबारनै प्रहरी हिरासतबाट मुक्त भएका छन। समयचक्रबाट ।