शनिबार, भदौ २८, २०८२

प्युठानको बाग्दुला बजारका बासिन्दाले गरे सडकमा रोपांइ

शंकर प्रसाद पोख्रेल

 

प्युठानको मुख्य ब्यापारीक केन्द्र भनेर चिनिने बाग्दुला दम्ती सडक खण्डमा  स्थानीय बजार बासिले रोपांइ गरेर बिरोध जनाएकाछन।

उक्त सडक खण्डमा हिंउदमा धुलो र बर्खामा हिलो हुने गरेकोले स्थानीय देखि बजार गर्न आउने आम प्युठानिलाइ समेत असर पुग्नेगरेको छ। तर सरोकार बाला निकाय भने यो सडक मर्मत गर्ने कुरामा  मौन छन।

 

स्मरण रहोस यो सडक बाग्दुलाका मुख्य ब्यापारी घरनाको नजिकै पर्छ।

त्यतिमात्र होइन जिल्लाका जनप्रतिनिधिहरुले  समेत यो सडक मर्मतको बिषयमा त्यति चासो देखाएको पाइन्न।

चुनावको बेला बिकासको खोला बगाउने बाचा गर्ने  नेताहरू समेत यो सडकको बिषयमा खासै चासो व्यक्त गरेको देखिदैन।

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?