शनिबार, भदौ २८, २०८२

एसईईको नतिजा सार्बजनिक ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या २२ हजार माथि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । यसपटक गत सालभन्दा नतिजा सुधार देखिएको छ ।

भर्खरै सार्वजनिक गरेको नतिजाअनुसार ३.६० देखि ४ ग्रेड ल्याउनेको संख्या २२४७५ जना छन् । यो प्रतिशतमा ४ दशमलब ६३ हुन आउँछ । गत साल ९ हजार ६३३ जनाले ३.६० देखि ४ ग्रेड ल्याएका थिए ।

नन ग्रेड ल्याउनेको संख्या २.८९ प्रतिशत अर्थात १३ हजार ९९२ रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?