शनिबार, भदौ २८, २०८२

रुपन्देहीमा २० वर्षीय सुमन बिक तिनाउ खोलामा मृत फेला परे

 

बुटवलको तिनाउ पुल नजिकै आइतबार विहान एक युवा मृत अवस्थामा फेला परेका छन्।

ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल ५ शान्ति टोल बस्ने २० वर्षीय सुमन विक मृत फेला परेका हुन्।
तिनाउ नदिमा डुबेको अवस्थामा युवकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

अहिले शवलाई नदिबाट निकाली पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए।  घटनाबारे थप अनुसन्धान शुरु गरिएको प्रहरीले बताएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?