
शंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल
रुपन्देही जिल्लामा छडा छोडिएका चौपाया विशेष गरि गाइहरु बाट सडकमा गुड्ने सबारी साधनहरुले निकैनै सास्ति बेहर्नुपरेको छ।
भैरहवा बुटवल सडक खण्डको कालिकाचोक ,बुटवल बजार एरिया लगायत भित्री पथहरुमा समेत छाडा रुपमा छोडिएका गाइबस्तुले सास्ती दिने गरेको आम सर्ब साधरणको गुनासो छ।
गाइबस्तुहरु यसरी छाडा छोडिंदा किसानहरुले लगाएको अन्न बाली र तरकारी समेत नस्ट भएको गुनासो व्यापक रूपमा छ।
भने अर्कोतिर सडकहरूमा यत्रतत्र गाइहरु र साडेहरु देख्न सकिन्छ।गुडिरहेको सवारी साधन एक्सिडेन्ट् हुने संभावना उत्तिकै छ।
तर यसरी गाइबस्तु चौपाया यत्रतत्र छोडिदापनी सरोकारवाला निकाय भने मौन देखिन्छन।छाडा छोडियका पशुहरुको उचित व्यबस्थापन न भए बोट बिरुवा ,अन्नबाली नस्ट हुने र सडक असुरक्षित हुने सुनिश्चित छ।