दाङमा ठुला पत्रकार संगठनले राजनीतिक भागबन्डामा सदस्यता सिफरिस गरेको भन्दै चार संगठन आन्दोलनमा
झिमरुक पोस्ट
शुक्रबार, साउन ५, २०८०
दाङ । दाङमा क्रियाशील विभिन्न चार पत्रकार संगठनले नेपाल पत्रकार महासंघ दाङ शाखाले नयाँ सदस्यता सिफारिस गर्दा दलीय भागबण्डाको आधारमा गरेको आरोप लगाएका छन् ।
प्रगतिशील पत्रकार संघ, नेपाल, जनपत्रकार संगठन नेपाल, समाजवादी प्रेस संगठन नेपाल र क्रान्तिकारी पत्रकार महासंघ दाङले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी यस्तो आरोप लगाएका हुन् ।
उनीहरुले महासंघ दाङ शाखाले नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्र निकट पत्रकारहरुलाई दलीय भागबन्डाको आधारमा सदस्यता सिफारिस गरिएको आरोप लगाएका छन्।
विज्ञप्तिमा भनिएको छ,
जनपक्षीय पत्रकारहरुको पेशागत हकहित, अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार रक्षा तथा सामाजिक उत्तरदायित्वका लागि हामी जिल्लामा क्रियाशील चार पत्रकार संगठनहरु प्रतिवद्ध रहेको सर्वविदितै छ ।
यसैबीच हाल नेपाल पत्रकार महासंघले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन चलाएको शुद्धीकरण अभियानप्रति हामी चार संगठन सकारात्मक छौं ।
यसै सन्दर्भमा नेपाल पत्रकार महासंघ दाङ शाखाले जिल्लामा नयाँ सदस्यता छनौट गर्दा राजनीतिक पूर्वाग्रह राखी तीन दलिय भागबण्डा अनुसार सदस्यता छनौट गरी प्रदेश समितिलाई सिफारिस गरेको निर्णयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । राजनीतिक पूर्वाग्रहबाट गरिएको सदस्यता छनौट खारेज गरी पुनः नयाँ प्रक्रियाबाट सदस्यता छनौटको अविलम्ब पहल गर्न जोडदार माग गर्दछौं ।
महासंघ दाङ शाखाले औपचारिक छलफल, निर्णय गर्दा जिल्लामा क्रियाशील सबै संगठनलाई सहभागी नबनाई कांग्रेस निकट प्रेस युनियन, एमाले निकट प्रेस चौतारी, माओवादी केन्द्र निकट प्रेस सेन्टरको दलिय सिण्डीकेट अन्त्य गरी पत्रकार महासंघलाई सबैको साझा संस्था बनाउन अनुरोध गर्दछौं ।
महासंघले सदस्यता छनौटको उक्त निर्णय तत्काल सच्याई महासंघमा सबै क्रियाशील संघ र संगठनको साझा प्रतिनिधित्वको सुनिश्चितता नगरे महासंघ दाङ शाखाको विरुद्ध अनिश्चितकालिन तालबन्दीसम्मको संघर्ष गर्ने यसै संयुक्त प्रेस वक्तव्यमार्फत चेतावनी दिन चाहन्छौं ।
हेमन्त प्रकाश वली अध्यक्ष जनपत्रकार संगठन नेपाल, दाङ सूर्य बिसी अध्यक्ष समाजवादी प्रेस संगठन नेपाल, दाङ महेश रिजाल अध्यक्ष प्रगतिशील पत्रकार संघ, नेपाल, दाङ इश्वरी प्रसाद गैरे अध्यक्ष क्रान्तिकारी पत्रकार महासंघ, दाङ
प्रगतिशील पत्रकार संघ, नेपाल, जनपत्रकार संगठन नेपाल, समाजवादी प्रेस संगठन नेपाल र क्रान्तिकारी पत्रकार महासंघ दाङले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी यस्तो आरोप लगाएका हुन् ।
उनीहरुले महासंघ दाङ शाखाले नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्र निकट पत्रकारहरुलाई दलीय भागबन्डाको आधारमा सदस्यता सिफारिस गरिएको आरोप लगाएका छन्।
विज्ञप्तिमा भनिएको छ,
जनपक्षीय पत्रकारहरुको पेशागत हकहित, अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार रक्षा तथा सामाजिक उत्तरदायित्वका लागि हामी जिल्लामा क्रियाशील चार पत्रकार संगठनहरु प्रतिवद्ध रहेको सर्वविदितै छ ।
यसैबीच हाल नेपाल पत्रकार महासंघले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन चलाएको शुद्धीकरण अभियानप्रति हामी चार संगठन सकारात्मक छौं ।
यसै सन्दर्भमा नेपाल पत्रकार महासंघ दाङ शाखाले जिल्लामा नयाँ सदस्यता छनौट गर्दा राजनीतिक पूर्वाग्रह राखी तीन दलिय भागबण्डा अनुसार सदस्यता छनौट गरी प्रदेश समितिलाई सिफारिस गरेको निर्णयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । राजनीतिक पूर्वाग्रहबाट गरिएको सदस्यता छनौट खारेज गरी पुनः नयाँ प्रक्रियाबाट सदस्यता छनौटको अविलम्ब पहल गर्न जोडदार माग गर्दछौं ।
महासंघ दाङ शाखाले औपचारिक छलफल, निर्णय गर्दा जिल्लामा क्रियाशील सबै संगठनलाई सहभागी नबनाई कांग्रेस निकट प्रेस युनियन, एमाले निकट प्रेस चौतारी, माओवादी केन्द्र निकट प्रेस सेन्टरको दलिय सिण्डीकेट अन्त्य गरी पत्रकार महासंघलाई सबैको साझा संस्था बनाउन अनुरोध गर्दछौं ।
महासंघले सदस्यता छनौटको उक्त निर्णय तत्काल सच्याई महासंघमा सबै क्रियाशील संघ र संगठनको साझा प्रतिनिधित्वको सुनिश्चितता नगरे महासंघ दाङ शाखाको विरुद्ध अनिश्चितकालिन तालबन्दीसम्मको संघर्ष गर्ने यसै संयुक्त प्रेस वक्तव्यमार्फत चेतावनी दिन चाहन्छौं ।
हेमन्त प्रकाश वली
अध्यक्ष
जनपत्रकार संगठन नेपाल, दाङ
सूर्य बिसी
अध्यक्ष
समाजवादी प्रेस संगठन नेपाल, दाङ
महेश रिजाल
अध्यक्ष
प्रगतिशील पत्रकार संघ, नेपाल, दाङ
इश्वरी प्रसाद गैरे
अध्यक्ष
क्रान्तिकारी पत्रकार महासंघ, दाङ