
विराटनगरमा आज भएको पत्रकार सम्मेलनमा उनले बिना सेटिङ, मिलेमतो नभइ सुन तस्करी सम्भव नभएको बताए। उनले भने “बिना सेटिङ, मिलेमतो नभएर सम्भव छैन। तर कुन लेबलको, कुन ढंगको हो, कसको, भन्ने कुरा अनुसन्धान विषय छ होला। लामो समयदेखि सुन तस्करीहरु जालो ठूलो छ भनिरहेका छन्। आम सर्वसाधारणको सानो एउटा मोबाइल पनि छिर्दैन। यो तस्करी सेटिङमा भएको हो।”
यस्तै गृहमन्त्रीको राजीनामाबारे उनले भने “राजीनामा माग्ने सामान्य होइन । सरकारकै निकायले पत्ता लगाएको हो । हामीले राजीनामा माग्ने हो भने दिएपछि मात्रै रोकिने हो ।”