शुक्रबार, भदौ २७, २०८२

पहिचान नखुलेको मान्छे मृत अवस्थामा फेला

-बिन बहादुर रेग्मी, सुरत
झिम्रुक पोस्ट,संवाददाता

जरुरी सूचना:-

पहिचान नखुलेको मान्छे मृत अवस्थामा फेला परेको छ, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति ले आफन्तको खोजी गरी रहेको छ। पञ्चनामा पोस्टमार्दम पछि लासलाई सिविल शवगृहमा राखिएको छ।
अब यो मान्छे संग कुनै पहिचान खुल्ने रसीद कार्ड नागरिकता केही छैन, अब सोधे पनि भन्दैन। हामीले बोलेको सुन्दैन।
तपाईंहरू बोल्ने सुन्ने त हुनुहुन्छ। वर्षको पाँच रूपये मात्रै शुल्क लाग्छ मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यता त लिनुस। यस्तो कुकुर मोराई प्रदेशको ठाउँमा कसको मन नदुख्ला र?
अझै सम्म कुनै ठाउँबाट कसैकाे सम्पर्क नआएको हुनाले भोलि दिनांक 22/7/23 आईतबार एघार बजे सम्म मूल प्रवाह अखिल भारत नेपाली एकता समाज त्यहाँ पुगेर कागजी प्रक्रिया पूरा गरेर शव मिलेमा उक्त मृतकको सबलाई मानविय अन्तिम सम्मान मूल प्रवाह ले दिन्छ। नजिकका र यो खबर पाउनु भएका सबै नेपाली दाजु भाइ दिदि बहिनीहरुलाई उपस्थितिको लागि अनुरोध गरिन्छ। घर बाट हिँड्नु पहिला समय स्थानको लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति मा सम्पर्क राख्न अनुरोध गरिन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?