शनिबार, साउन १२, २०८१

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरे मन्त्रिपरिषद् बिस्तार

काठमाडौं, १३ चैत्र । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मन्त्रिपरिषदमा उनले चार नयाँ मन्त्री थपेका छन् । दुई जनालाई राज्यमन्त्रीबाट फूलमन्त्रीमा बढुवा गरिएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा एक समारोहबीच नवनियुक्त ६ जना मन्त्रीले आज शपथ खाएका छन् । भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ र कृषि राज्यमन्त्रीले फूल मन्त्रीको रुपमा सपथ लिएका छन् ।

यसैगरी टंक आङबुहाङ आर्थिक मामिला तथा योजना मन्त्री, उषाकला राई सामाजिक विकास राज्य मन्त्री, कला घले कृषि राज्यमन्त्री र राजकुमार ओझा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको सपथ लिएका छन् । रिपोर्टस नेपाल

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal